धेरै चीज कमाएँ : संगीतकार बीबी अनुरागी

SHARE:

वरिष्ठ संगीतकार बीबी अनुरागी युकेमा आइपुगेका छन् । गायनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका अनुरागी धेरै वर्षको संघर्षपछि नेपालको भर्सटाइल संगीतकारको रुपमा स्थापित भए । अद्भूत क्षमताकै कारण उनी हरेक विधामा दह्रो संगीत दिन सक्छन् । उनै चर्चित तथा वरिष्ठ संगीतकार बीबी अनुरागीसँग चिम्खोले काइँलाले एभेरेस्ट टाइम्सका लागि गरेको कुराकानी ।
तपाईंको परिचय र पारिवारबारे संक्षिप्तमा भनिदिनोस् न ?
बीबी अनुरागी । जन्म बागलुङ नगरपालिका–१० भकुण्डे । बाबा रामलाल विश्वकर्मा, आमा पवित्रा विश्वकर्मा, श्रीमती सुनित सुनार, छोरी शिक्षा रसाइली (१० वर्ष), छोरा सर्जक रसाइली (४ वर्ष) । शिक्षा–बि.एड नेपाली/गणित ।
२०४९ सालमा अध्ययनको सिलसिलामा पोखरा झरेको । २०६० सालमा पोखरामा सांगीतिक संघर्ष, २०५२ सालमा धौलागिरि सांस्कृतिक संगममा आबद्ध, सारंगी र बाँसुरी वादकका साथै गायन र गीत सिर्जनामा । २०५३ सालमा परिवेश व्याण्डमा आवद्ध, व्याण्डमा किबोर्ड वादन तथा संगीतकारको रुपमा कार्यरत, २०५४ देखि २०४९ सम्म पूmलबारी रिसोर्टमा गजल प्रस्तुत् किबोर्ड प्लेयर तथा गायनमा थिएँ ।
कुन संस्थाको निमन्त्रणामा के उद्देश्यले, कहिले युके आउनु भयो ?
मलाई सिर्जनशील नेपाली समाज युकेले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा विशेष अतिथिको रुपमा युके ल्याएको हो । म आउनुको मुख्य उद्देश्य त्यही संस्थाको कार्यक्रममा सहभागिता, युके भ्रमण तथा यहाँका नेपाली सर्जक तथा श्रोताहरुसँगको प्रत्यक्ष सांगीतिक भेट पनि हो ।
मैले युकेमा आएर आस्फोर्ड, मेडस्टोन तथा अल्डरसटमा सांगीतिक कार्यक्रम प्रस्तुत् गर्दैछु भने मलाई ल्याउने संस्था सिर्जनशील नेपाली समाजको आयोजनामा अल्डरसटको विशाल हाल (एम्पायर हल) मा यही मे २६ मा ‘बीबी अनुरागीज् ग्राण्ड म्युजिकल नाईटम्स्’ हुँदैछ । त्यहाँ मैले आफ्ना उत्कृष्ट सिर्जनाका साथै नेपालको विविध संस्कृति झल्काउने मनोरञ्जनमूलक प्रस्तुतिहरुका साथै यहाँका सर्जकले शब्द सिर्जना गरेका, मैले संगीत भरेका सिर्जनाहरुलाई पनि समावेश गर्ने जमर्को गरेको छु ।
सांगीतिक क्षेत्रमा लागेर कमाए कि गुमाएजस्तो लाग्छ, अनुभव सेयर गरिदिनुहोस् न ?
म २०५१ सालमा रेडियो नेपालमा स्वरपरीक्षा पास गरी आप्mनै स्वरमा एउटा लोकगीत रेकर्ड गराएर यो क्षेत्रमा प्रवेश गरेको हुँ । र, मुख्य उद्देश्य सानैदेखिको रुचि र संगीतमा केही गरौं भन्ने हो । मैले भोजप्रसाद राईबाट शास्त्रीय गायनमा पाँचौं वर्ष, पाश्चात्य संगीत, पियानोमा प्रवीण बुढा प्रिथीज्यूबाट तथा राजकुमार श्रेष्ठबाट अहिले भ्वाइलिन प्रशिक्षण लिइरहेको छु । साथै नेपालका विभिन्न संस्कृतिमूलक गीतहरुको विशेष अध्ययन गरेको छु । यस क्षेत्रमा लागेर मैले धेरै चीज कमाएँ नै जस्तो लाग्छ । सबभन्दा तमाम शुभचिन्तक फ्यानहरु कमाएको छु ।
अहिलेसम्म कतिवटा एल्बम निकाल्नु भएको छ तथा कति गीतमा संगीत दिनुभएको छ पाठकवृन्दलाई जानकारी दिनुहुन्छ कि ?
२०५५ मा ‘उडेर जुन छुन्छु भन्थे’ बोलको गीतबाट संगीतकार भएँ । २०६० सालमा काठमाडौं प्रवेश गरेँ । हालसम्म ६ हजारभन्दा बढी गीतहरुमा एरेन्ज गरिसकेँ । जस्मा लोकदोहोरी, संस्कृतिमूलक भाषाभाषी, आधुनिक, लोकपप, पप, भजन, स्वदेशगान, जिंगल, चलचित्र, आदि समावेश छन् ।
१८ वटा चलचित्रमा संगीत, पाश्र्व संगीत, संगीत संयोजन (एरेन्ज), २४ वटा एकल संगीतको एल्बम, केही चर्चित गीतहरु, उडेर जुन छुन्छु भन्थे, जहाँ तिमी त्यहाँ म, तिम्रै झल्को, पूmलको डाली काटेर, घाम र रातको भेट, बाटुली, गोर्खा पल्टन, बिछोडको करौतीले, जस्ले मुटु, अमतारा, क्षमक्षम, रुमाल धोको छु, माया गर्नुको अर्थ, मेरो माया, कलकल बग्ने, नबुझेको हैन तिमीलाई, पूmलजस्तै पवित्र, काठमाडौं घुइँचो हेर्दाहेर्दै, बतासै सरर, सलल बगेको भेरी ।
जिन्दगी के हो जस्तो लाग्छ तथा बिबी अनुरागी को हो जस्तो लाग्छ ?
संगीत सिर्जनाका लागि पनि गीत गाउन जरुर हुने हुँदा दुवै विधामा मलाई आनन्द आउँछ । धेरै घुम्तीहरु, समथर/पहाड, सजिलो/अप्ठ्यारो, हर्ष/विस्मात समेटिएको एउटा विशाल रंगमञ्चमा अभिनय गरिरहेको प्राणीको जन्मदेखि मृत्युसम्मको निश्चित दूरीनै जिन्दगी हो जस्तो लाग्छ मलाई । र, म को हुँ भन्ने प्रश्नमा त्यही दूरीमा यात्रारत एउटा बटुवा हुँ ।
हालसम्म जिन्दगीभित्र पर्ने अनेक भोगाईहरु पार गर्ने क्रममा, शिखर चढ्ने क्रममा धेरैचोटी पछारिएको त धेरैचोटी उचालिएको पनि र आफ्नो  गन्तब्य हासीलका लागि निरन्तर यात्रा गरिरहेको एउटा सामान्य प्राणी हुँ ।
अन्त्यमा, मैले प्रश्न गर्न छुटाएको तथा हजुरलाई पाठकलाई भन्न मन लागेको केही कुरा छन् भने भन्न सक्नुहुन्छ ?
अन्त्यमा युकेवासी तमाम शुभचिन्तक पाठकहरुमा मेरो सधैं शुभ होस् भन्ने कामना छ । जहाँ रहे पनि नेपाल र नेपाली संस्कृतिलाई गरेको यो अपार माया देखेर म धेरै खुसी छु । यो देश प्रेम अजर अमर रहोस् र अल्डरसटको एम्पायर हलमा २६ मे मा हुन गइरहेको मेरो सांगीतिक इभेन्टमा आइदिनुभई मलाई सपोर्ट गरिदिहुन पनि हार्दिक अनुरोध गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!