फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न गरेको छ ।
अध्यक्ष जीव बेल्वासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा सञ्चालित बैठक रसमोर बोरो काउन्सिलको च्याम्बरमा मे १० तारिखका दिन सम्पन्न भएको हो । बैठकमा भरखरै सम्पन्न नेपाली नयाँ वर्ष कार्यक्रम र भेट्रान फन्ड संयोजक एवं वरिष्ठ उपाध्यक्ष रामधन राईले र नेपाली कक्षा सञ्चालन विषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए ।
त्यसैगरी इन्फरमेसन डे, लागूऔषध एवं मादक पदार्थ दुव्र्यसन उपाध्यक्ष नेम थापा, रसमोर बोरो काउन्सिल र ग्रेटर रसमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रसमोर फुड फेस्टिबल, भिक्टोरिया डे सेलिब्रेसन र रसमोर बोरो काउन्सिल, बेल्याक वाटर भ्याली रनर अनि ग्रेटर रसमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर दौड र फन रन विषयमा अध्यक्ष जीव बेल्वासेले प्रस्ट्याएका थिए । कोषाध्यक्ष टोप पल्लीले नयाँ वर्षको छुट्टै र समग्र आय–व्यय प्रस्तुत गरेका थिए ।
बैठकले भिक्टोरिया डे सेलिब्रेसन र इन्फरमेसन डे उपाध्यक्ष नेम थापा, नेपाली कक्षा उपाध्यक्ष रन्जिता मल्ल, रसमोर फुड फेस्टिबल सदस्य दिल नेपाली, वार्षिक साधारणसभा महासचिव मान गुरुङलाई संयोजक तोकेको छ भने सल्लाहकार क्याप्टेन हरि थापालाई रसमोर फुड फेस्टिबलको सहसंयोजक साथै भिक्टोरिया डे सेलिब्रेसन सहसंयोजकमा सदस्य चन्द्र राई चयन भएको सो संस्थाले जनाएको छ ।
बैठकमा ८७ वर्षीय जेष्ठ नागरिक पूर्ण गुरुङ र क्याप्टेन हरि थापालाई संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र अध्यक्षले प्रदान गरेका थिए भने महिला विभागका नयाँ सदस्य यामकुमारी भण्डारीलाई खादा ओढाई स्वागत गरेका थिए ।
छलफलको क्रममा विभिन्न विषयमा सल्लाहाकार क्याप्टेन हरि थापा, क्याप्टेन वीर थापा, क्याप्टेन विष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, माया केसी, महिला संयोजक लिला मावो, सदस्य दिल नेपाली, चन्द्र राईलगायतले आ–आफ्नो जिज्ञासा र सुझाव राखेका थिए । महासचिव मान गुरुङले प्राप्त सम्पूर्ण सुझावलाई पूर्णतया कार्यान्वयन गरिने वचनबद्धता गरे ।
रसमोर र सेरोफेरोमा रहेका नेपाली संस्थाहरुलाई आगामी जुन ०९ मा मनाउने भिक्टोरिया डे सेलिब्रेसनमा सहभागिताको लागि आह्वान गर्ने निर्णय गर्दै बैठकको समापन भरिएको थियो ।


