ह्यारी–मेगनले सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोज्ने

SHARE:

क्यानडाका सञ्चारमाध्यममा मेगनका तस्बिर प्रकाशित भएपछि ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर र्डो¥याउदै हिडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए । उनीहरूले अनुमति नलिई त्यसरी तस्बिर खिचेर फोटोग्राफरहरूले दुव्र्यवहार गरेको उनीहरूको आरोप छ ।

ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन् । उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ ।

वकिलहरूका अनुसार पापाराजीहरूले लामो दूरीको तस्बिर खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका तस्बिर खिच्ने प्रयास समेत गरिसकेका छन् । ब्रिटिश कोलम्बियाको कानुन अनुसार डचिस अफ ससिक्सले आफ्नो गोपनियता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्छिन् । तर क्यानडाली नियम कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुनिश्चित गरेको छ । सोमवार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसग हिडिरहेको तस्बिर सार्वजनिक भएको थियो । ब्रिटेनमा एक कार्यक्रममा सहभागी भएका ड्यूक अफ ससिक्स चाहि मङ्गलवार मात्र क्यानडा पुगेका थिए । सञ्चारमाध्यमसग लामो समयदेखि राजकुमार ह्यारीको अप्ठ्यारो सम्बन्ध रहदै आएको छ ।

पेरिसमा पापाराजी फोटोग्राफरहरूले मोटरसाइकलमा पछ्याइरहदा उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो । सन् १९९७ अगस्ट ३१ तारिखमा राजकुमारी डायनाको निधन भएको थियो । सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई शोषण र दुव्र्यवहार गरेको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!