इंग्ल्यान्ड एफए पदाधिकारीद्वारा सहारा एकेडेमी अवलोकन

SHARE:

पोखरा । इंग्ल्यान्ड एफए पदाधिकारी तथा इंग्ल्यान्ड नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्स र सहारा यूकेका पदाधिकारीहरूले सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

नेपाल आएका लाउरेन्सले सहारा एकेडेमीको अवलोकन गर्दै फुटबल विकासको लागि सहारा एकेडेमीले गरेको कार्य निकै प्रशंसायोग्य रहेको बताउँदै आफूले नयाँ कुरा सिकेको बताए । “मैले फुटबल खेलमा ५४ वर्ष बिताएँ, फुटबल खेलले मानिसलाई कसरी सकरात्मक मार्गमा लान्छ भन्ने कुरा ५४ वर्षले देखाएको छ, फुटबल खेल खेलमात्र होइन यो त सामाजिक कार्यमा युवाहरुलाई प्रेरित गर्ने माध्यम समेत हो” एकेडेमी अवलोकनपश्चात् लाउरेन्सले भने ।

एकेडेमीको अवलोकन गर्दा निकै रमाइलो लागेको बताउँदै इंग्ल्यान्ड फर्किएपछि आफूले पनि एकेडेमीको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो ५४ वर्षको फुटबल जिवनको अनुभव सुनाउदैँ उनले एकेडेमीले विपन्न वर्गको सम्पुर्ण जिम्मेवारी लिएको देख्न निकै खुसी लागेको बताए । मैले मेरो फुटबल जिवनमा यसरी विपन्न वर्गका अनाथ बालकहरुलाई पुरै जिम्मेवारी लिएर फुटबल विकासमा लागेको देखेको थिइन्, मैले यो देखेर पाठ सिकेको छु, मैले मेरो तर्फबाट सक्दो सहयोग गर्ने छु”लाउरेन्सले भने ।

त्यस्तौ सहारा युकेका महासचिव धनु थकालीले सहारा युके र सहारा एकेडेमीको सम्बन्धको बारेमा र सहारा युकेले कसरी भुमिका खेलेको छ भन्नेबारेमा प्रष्ट पारे ।

सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङ्गले सहारा एकेडेमी फुटबलको विकासमा निकै महत्वपुर्ण भुमिका खेल्ने संस्था रहेका बताए ।
सोहि अवसरमा सहारा एकेडेमीलाई सर्पोट नेपाल युकेको प्रतिनिधित्व गर्दै गुङ्गले नगद ५० हजार रुपैँया सहयोग गरे । त्यस्तै सहारा युकेका कोषध्यक्ष प्रकाश गुरुङ्गले पनि एकेडेमीलाई ५० हजार रुपैँया सहयोग गरेका छन् ।

सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै इंग्ल्याण्ड नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा कार्यक्रममा सहारा युके पुर्व अध्यक्ष मिन गुरुङ्ग (साइला), सहारा क्लब पोखराका सल्लाहकार तथा एन.आर.एन पुर्व अध्यक्ष मुछेत्र गुरुङ्ग, सदस्य भोज गुरुङ्ग, तमुधीँ युकेका संस्थापक अध्यक्ष मिन कोेन्मे सिक्लेस, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ्ग लगायतले समेत एकेडेमीको अवलोकन गरेका थिए भने कार्यक्रम संचालन सहारा क्लब पोखराका सचिव रामजी प्रसाद अधिकारीले गरेका थिए । उक्त कार्यक्रममा फिफाले बनाएको एकेडेमीको डकुमेन्ट्री समेत देखाइएको थियो । एकेडेमीमा हाल १२ जिल्लका २४ जना बालकहरु रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!