पञ्‍चकन्यामा विपद् व्यवस्थापन कोष स्थापना

SHARE:

नुवाकोट । पञ्‍चकन्या गाउँपालिकास्तरीय स्थानीय विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण एवं नियन्त्रणका लागि पञ्‍चकन्या गाउँपालिकाको स्थानीय विपद्‍ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको तर्फबाट १० लाख रकम जम्मा गरी कोष स्थापनाको निर्णय गरेको हो । विपद् व्यवस्थापन कोषमा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले ३० हजार, उपाध्यक्ष सीता पराजुलीले १५ हजार, पाँचै वडाका अध्यक्षहरुबाट ५/५ हजार र सम्पूर्ण जनप्रतिनिधिहरुको स्वेच्छिक रकम, गाउँपालिकाका सबै कर्मचारीहरुको मासिक तलबको १० प्रतिशत जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले निकालेको सूचनामा उल्लेख छ ।

उक्त कोषमा रकम जम्मा गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले नेपाल बैंक लिमिटेड त्रिशूली नुवाकोट शाखामा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!