काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संसारभरि १ लाख ४५० जनाको मृत्यु भएको छ । विश्वभरी संक्रमितको संख्या भने १६ लाख ६६ हजार ९०१ पुगेको छ ।
यसैबीच यस रोगबाट ३ लाख ६९ हजार ९७१ जना भने निको भएका छन् । शुक्रबार राति ११ बजेसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य ।







