वसुन्धराश्री पुरस्कार श्री डा. ध्रुवचन्द्र गौतमलाई

SHARE:

वसुन्धराश्री पुरस्कार श्री डा. ध्रुवचन्द्र गौतमलाई

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज वि.सं २०७७ साल वैशाख ६ गते बसेको विशेष बैंठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई  सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ट साहित्यकार श्री डा. ध्रुवचन्द्र गौतमलाई वि.सं.२०७७ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।पुरस्कारको साथमा नगद ७५ हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले  आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार श्री सरुभक्तलाई वि.सं. २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ।

वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मनु भएका विशिष्ट साहित्यकार डा. ध्रुवचन्द्र गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्त+अग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन-४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।

वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मनु भएका चर्चित साहित्यकार श्री सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह) ,बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कवितासंग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्ध:  उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित भएका छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि श्री मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि श्री धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार श्री अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४)  वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ (२०७६) लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार श्री विनय रावल (वि.सं २०५८), नाटककार श्री अशेष मल्ल (वि.सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार श्री मञ्जुल (वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल (वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि श्री कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार श्री भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार श्री सनत रेग्मी (वि.सं. २०६६), कवि श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह (वि.सं. २०७१), गायक श्री दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली (वि.सं. २०७४)  गायक श्री भक्तराज आचार्य (वि.सं. २०७५) र कलाकार श्री हरिवंश अचार्य (२०७६) लाई प्रदान गरेको छ ।

 

कृसु क्षेत्री – सदस्य-सचिव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!