लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ ।
विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो। वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या शनिबार साँझसम्म २० हजार ३ सय १९ पुगेको छ। शुक्रबार मात्रै त्यहाँ ८१३ जनाको ज्यान गएको थियो ।
बेलायतमा कोरोनाका कारण बिरामी हुनेको संख्या एक लाख ४८ हजार ३ सय छ। त्यहाँ एकदिनमै करिब साढे ४ हजार नयाँ बिरामी भेटिएका छन्। बेलायतमा नेपाली मात्रै ३० जनाको ज्यान गइसकेको छ।



