कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बेलायतमा २० हजारभन्दा बढी

SHARE:

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपाली समयअनुसार शनिबार मध्यरातिसम्ममा मृत्यु हुनेको संख्या २ लाख १ हजार ७४९ पुगेको हो । सो अवधिमा बेलायतमा बीस हजार ३१९ को मृत्यु भएको छ ।
अमेरिकामा सबभन्दा बढी ५३ हजार २६६, इटालीमा २६ हजार ३८४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४ बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!