कोरोनाबाट प्रभावितहरुलाई सक्दो सहयोग गर्ने प्रयास भइरहेको छः एनआरएनए यूके

SHARE:

                                                                                            अध्यक्ष पुनम गुरुङ

पूर्ण गुरुङ (घान्द्रुके कान्छा)

लन्डन । विश्वभर महामारीको रुपमा आएको कोरोना भाईरसबाट प्रभावितहरुलाई सक्दो सहयोग गर्ने प्रयास भैरहेको एनआरएनए युकेले जनाएको छ । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले बेलायतमा बस्ने नेपालीहरुको वास्तविक अवस्था के कस्तो छ भन्ने बिषयमा बेलायतस्थित केही नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत कुराकानी गर्ने क्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले उक्त कुरा बताएकी हुन् ।

अहिले सिंगो विश्वनै भाईरससंग जुधिरहेको अवस्थामा बेलायतमा बस्ने नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । बिशेष गरी जेष्ठ नागरिक, दिर्घरोगी र नेपालबाट अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । वृद्धवृद्धा र दिर्घरोगीका बिरामीहरु आप्mनो नियमित औषधी र खाद्यन्न सामाग्री खरीद गर्नका लागि बाहिर निस्कन नसक्ने भएकाले उनीहरुलाई ठूलो सहयोगको खाँचो रहेको छ । त्यस्तै, केहि नेपाली विद्यार्थीहरु कामको अभावले उनीहरुलाई गासबासको समस्यासंग जुटिरहेको देखिन्छ ।
यसबीच बेलायतमा कतिपय नेपालीहरु फ्रन्टलाईनमा रहेर काम गरिरहेका छन् भने कतिपय बेरोजगार समेत भएका छन् । त्यस्तै, कतिपयले कोरोना भाईरससंग लड्दालड्दै ज्यान गुमाईसकेका छन् भने कतिपय अझै पनि अस्पतालको शैया र घरमै आईसोलेशनमा बसेर भाईरससंग संघर्ष गरिरहेका छन् ।

अहिलेको यस संकटको घडीमा बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरु आ–आफ्नो समुदायमा परेको समस्यालाई समाधान गर्न प्रयासरत छन् । त्यसमा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) सबै नेपालीको साझा संस्था हो । यस बिषम परिस्थितिमा एनआरएनए युकेले आपतमा परेका बेलायतवासी नेपालीहरुलाई सक्दो सहयोग गर्ने उद्देश्य अनुरुप ३ वटा हेल्पलाईन स्थापना गरेर आवश्यक सहयोग गरिरहेको एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ बताउँछिन् । ‘शुरुमा हामीले कार्यविभाजन गर्‍यौं, संघसंस्थाहरुसंग समन्वय गर्ने जिम्मा मैले लिएँ, म, महासचिव फडिन्द्र भट्टराई र हेल्थ विभागका संयोजक डा. सुनिल शाह रहेको एक स्टेरिङ्ग कमिटी गठन गर्‍यौ । र, कोरोना भाईरसबारे जनचेतना फैलाउने उद्देश्यका साथ नेपाली डाक्टरहरुलाई करीब १०/१२ दिन फेसबुक लाईभमा जोडेर सक्दो रोग बारे जानकारी गराउने प्रयास ग¥यौं । त्यसैगरी वकिल, एकाउन्टेन्ट लगायत विज्ञहरुमार्फत पनि आवश्यक जानकारीहरु दिने प्रयन्त ग¥यौं’, अध्यक्ष गुरुङले भनिन् ।

उनले, हालसम्म माक्स, हेण्ड सेनिटाईजर, ग्लब्स, पारासिटामोल लगायत आवश्यक किट ४०० घरपरिवारलाई वितरण गरिसकिएको जनाईन् । ‘कोरोना भाईरसबाट निधनभएका ३ जनाको पीडित परिवारलाई आर्थिक सहयोग ग¥यौं । र, बिशेष गरी वृद्धवृद्धाहरुलाई औषधी खरीद र खाद्यन्न खरीदमा सहयोग गरिरहेका छौं । त्यस्तै,  करिब ५० जना नेपाली विद्यार्थीहरुलाई खाद्यन्नमा सहयोग ग¥यौं’,  अध्यक्ष गुरुङले थपिन् । अध्यक्ष गुरुङले भनिन्, ‘कोभिड–१९ बाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप उपाध्यक्ष सुनिल बाबु खड्का र उपाध्यक्ष रोजिना प्रधान (विद्यार्थी), उपाध्यक्ष प्रेम गाहा मगर तथा उपाध्यक्ष नारायण कंडेल (भूतपूर्व गोखा तथा जेष्ठ नागरिक), उपाध्यक्ष मोहन काकी र उपाध्यक्ष रामचन्द्र पोखरेल (चारैवटै राज्य समन्वय परिषदसंग समन्वय गर्ने), ईण्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ (राहत संकलन संयोजक) र वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्नो क्षेत्रमा आएका समस्याहरु पहिचान गर्ने जिम्मेवारी बाँडफाँड गरेका छौं । त्यस्तै, एनआरएनए युकेले शुरु गरेको हेल्पलाईनमा सचिव जीत रानाभाट, सचिव कोश्लेवर ढकाल र सदस्य हेम गुरुङ रहेका छन् । त्यस्तै,अहिलेसम्म २४० जना कोभिड–१९ सग सम्बन्धित बिरामी,   ११८ जना नेपाली विद्यार्थी र ८ जना बेलायत भ्रमणमा रहेका नेपालीहरुले हेल्पलाईन प्रयोग गरिसकेका छन्’ । साथै, उनले कोभिड सम्बन्धित बेलायत सरकारले जारी गरेका जानकारीहरुलाई उपाध्यक्ष नारायण कंडेलले नेपाली भाषामा उल्था गरी वेभसाईटमा राखिएको जानकारी गराउँदै हेल्थ संयोजक डा. सुनिल शाहको बिशेष पहलमा बेलायतस्थित नेपाली डाक्टर एशोसिएशन र नेपाली नर्सिङ्ग एशोसिएशनसंग नजिक रहेर काम गरिरहेको समेत बताईन् ।

कोरोनाबाट प्रभावितहरुको सहयोगार्थ हाल संकलन गरिरहेको राहत रकमलाई बेलायतवासी नेपालीहरुलाई नै प्राथमिकता राखेर खर्च गरिने जनाउदै अध्यक्ष गुरुङले रकम पुगेको अवस्थामा एनएचएस युके र नेपालमा समेत सहयोग गरिने बताईन् ।अध्यक्ष गुरुङले, एनआरएनए युकेले नेपाली दूतावास लण्डन, एनआरएनए युके प्याट्रन काउन्सिल र   बेलायतस्थित नेपाली संघसंस्थाहरुसंग सम्पर्कमा रहेर काम गरिरहेको बताउँदै स्थानीय एमपी र काउन्सिलरहरुसंग समेत कुराकानी भैरहेको बताईन् । साथै, उनले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग भूतपूर्व गोर्खाहरुको सामाजिक सुरक्षा र आवास सुविधामा पर्ने समस्याबारे दूतावासमार्फत आवश्यक पहल गर्न र लकडाउनका कारण नेपाल फर्कन चाहनेहरु तत्काल नेपाल फर्काउने वातावरण तयार गर्न समेत अनुरोध गरिएको बताईन् ।

बेलायत गत २४ मार्च देखि देशभर लकडाउनको अवस्था छ । यसबीच बेलायतमा करीब १० दश लाखजनामा परिक्षण गरिएकोमा करीब एक लाख ८० हजार भन्दा बढी भाईरसबाट प्रभावित भएका छन् । जसमध्ये जस्मा कोभिड–१९ ले करीब २८ हजार जनाको ज्यान लिईसकेको छ भने करीब १४ हजारजनाको अस्पतालमा उपचार भैरहेको छ । एनआरएनए युकेको हेल्पलाईनमा प्राप्त जानकारी अनुसार हालसम्म ६८० जना पोजिटिभ देखिएको, ४९ जनाको निधन भएको, ५२० जना स्वस्थ भैसकेको र १६० जना अझै आइशोलेशनमा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!