रस्मुर भित्र कोरानाबाट नेपालीको निधन भएको जानकारी प्राप्त भएको छैनः जीआरएनसी

SHARE:

अध्यक्ष रामधन राई

पूर्ण गुरुङ (घान्द्रुके कान्छा) लण्डन । बेलायतमा नेपालीहरुको बढी बसोबास रहेको मानिएको रस्मुर बरो काउन्सिल भित्र कोरोना भाईरसका कारण कुनै पनि नेपालीको निधन भएको आधिकारिक रुपमा जानकारी प्राप्त भएको ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ले जनाएको छ । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले बेलायतमा बस्ने नेपालीहरुको वास्तविक अवस्था के कस्तो छ भन्ने बिषयमा बेलायतस्थित केहि नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत कुराकानी गर्ने क्रममा जीआरएनसी युकेका अध्यक्ष रामधन राई उक्त जानकारी दिएका हुन् ।  तर  १ जनाको पोजिटिभ भएर निधन भएको हो की भन्ने आशंका गरिएको थियो तर पछि के भयो जानकारी प्राप्त नभएको अध्यक्ष राईले बताए ।

अहिले सिंगो विश्वनै भाईरससंग जुधिरहेको अवस्थामा बेलायतमा बस्ने नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । बिशेष गरी जेष्ठ नागरिक र  दिर्घरोगी धेरै प्रभावित भएका छन् । लकडाउनका कारण वृद्धवृद्धा र दिर्घरोगीका बिरामीहरु आप्mनो नियमित औषधी र खाद्यन्न सामाग्री खरीद गर्न समेत घरबाहिर निस्कन नपाए पछि उनीहरु अझ धेरै प्रभावित भएका छन् । रस्मुर बरो काउन्सिल नेपालीहरुको बाक्लो बसोबास रहेको काउन्सिलको रुपमा परिचित काउन्सिल हो । ति मध्ये पनि धेरैजसो वृद्धवृद्धाहरु रहेका छन् । सोही काउन्सिलकै नामले गठन भएको जीआरएनसी आफ्नो स्थापना देखिनै वृद्धवद्धाहरुको सहयोगमा जुट्दै आएको छ । कोरोना भाईरसले पाका उमेर र दिर्घरोगीहरुलाई अलि बढी आक्रमण गर्ने  देखिएकोले पनि जीआरएनसीले लकडाउनको शुरुवात देखिनै बिशेष गरी आवश्यक वृद्धवृद्धा तथा दिर्घरोगीहरुको सहयोगमा जुट्दै आएको छ ।

जीआरएनसीले स्थानीय रसमुर बोरो काउन्सिल, हमसायर काउन्टी, सिटीजन एडभाईज सेन्टर अल्डरसट, गोर्खा वेलफेयर एडभाईज सेन्टर अल्डरसट, जीपी लगायतसंग मिलेर कोरोना भाईरसबाट प्रभावितहरुलाई सहयोग गरिरहेको जीआरएनएका अध्यक्ष रामधन राईले बताए । उनले, ‘नेपाली वृद्धवृद्धाहरुलाई जीपीमा एपोन्टमेन्ट बुक गरिदिने, औषधी अर्डर गरिदिने, औषधी पु¥याईदिने, आवश्यक परे १११ मा फोन गरिदिने, ग्रोशरी सपिङ्ग गरिदिने, सेफ्टी किटहरुको व्यवस्था गरिदिने काम गर्दै आएका छौं’ भने । ‘आफै अस्पताल जान नसक्ने वृद्धवृद्धा तथा बिरामीहरुलाई डाक्टर कहाँ लैजाने, ल्याउने गरिरहेका छौं । अहिले हामीलाई जीपीले मद्दत मागिरहेको हुन्छ, त्यसैले हामीले सधैं २ जना साथीलाई तयारी अवस्थामा राख्दै आएका छौं’ भने ।

विभिन्न सरकारी निकायबाट आउने सूचनालाई यस क्षेत्रका नेपालीहरु कहाँ पु¥याउने प्रयास भैरहेको समेत अध्यक्ष राईले बताए । साथै, उनले  फ्युनरल सर्भिसबाट आएको सूचनालाई सबैलाई जानकारी गराउने प्रयास गरेको समेत जनाए । अहिलेको अवस्था भनेको आप्mनो स्वास्थ्यलाई ख्याल गरेर घरमै सुरक्षित बस्नु हो । सोही कुरालाई ध्यानमा राख्दै ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ले उपाध्यक्ष नेम थापाको संयोजकत्वमा प्रत्येक दिन बिहान ९ बजे देखि १० बजेसम्म जुममार्फत  योग र मेडिटेशन गराउदै आएको अध्यक्ष राई बताउँछन् । उनले भने ‘प्रत्येक सोमबार, बुधबार र शुक्रबार बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेका धर्मगुरु खेन्पो लामाले मेडिटेशन (ध्यान) गराउनु हुन्छ भने प्रत्येक मंगलबार, बिहिबार, शनिबार र आइतबार ओकिङ्ग निवासी योग प्रशिक्षक अर्चना थापाले हाथा योगको अभ्यास गराउनु हुन्छ, जुन कार्यक्रममा टाढा टाढाका साथीहरु समेत सहभागी हुदै आउनु भएको छ’ ।

बेलायतका रहेको विभिन्न संघसंस्थाहरुले कोरोना भाईरसबाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले राहत संकलन गरिरहेको अवस्थामा जीआरएनसीले राहत संकलन बारे के गरिरहेको छ भन्ने जिज्ञासामा अध्यक्ष राई भन्छन्, ‘हामीलाई एकजनाले खानाको माँग गर्नुभएको थियो तर पछि उहाँले पर्दैन भन्नु भयो, त्यसबाहेक आर्थिक सहयोगका लागि कसैले पनि अनुरोध नगरेको हुनाले हामीले राहत संकलन गरेका छैनौं । तर, आवश्यक परे संकलन गर्छौ ।’ अहिलेसम्म यस क्षेत्रमा नेपालीहरुको कस्तो अवस्था छ त भन्ने सन्दर्भमा राईले भने, ‘आधिकारिक रुपमा २ जना त्यसमा पनि उहाँहरु श्रीमान् श्रीमती । खास गरेर श्रीमतीको हिप फ्याक्चर भएर अस्पताल जानुभएको रहेछ । उपचारको क्रममा उहाँहरु दुवैजना पोजिटिभ देखिनुभयो । अहिले उहाँहरु स्वस्थ भैसक्नु भएको छ । श्रीमान् डिस्चार्ज भैसक्नुभएको छ भने श्रीमतीको हिपको अपरेशन भैरहेको छ । त्यसबाहेक हामीसंग आधिकारिक जानकारी भने छैन । केही साथीहरु सेल्फ आईसोलेशनमा बस्नुभएको छ रे तर पोजिटिभका केशहरु सुनिएको छैन ।’

लकडाउनका रहेका कतिजना वृद्धवृद्धा तथा दिर्घारोगीहरुलाई सेवा पु¥याउनु भयो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘कसैकसैलाई २÷३ पटक पनि सेवा ग¥र्यौं, सबै गर्दा करीब ७५ पटक सेवा गरिसकेका छौं’ । यदी कसैलाई सहयोग चाहिएकोमा कसरी सम्पर्क गर्न सकिन्छ भनी सोध्दा उनी भन्छन्, ‘सिटीजन एड्भाईज सेन्टर अल्डरसटमा कार्यरत केहि नेपाली भाञ्जीहरुले नेपालीमा हेल्पलाईन संचालन गर्नुभएको छ, काउन्सिलको हेल्पलाईनमा पनि नेपालीमा कुरा गर्न सकिन्छ र हामीले जीआरएनसीको वेभसाईटमा पनि सबै जानकारीहरु सहित हाम्रा उपाध्यक्ष नेम थापा, महासचिव प्रमिला लाबुङ्ग राई र मेरो फोन नम्बर राखेका छौं, सम्पर्क गर्न सक्नु हुन्छ ।’

स्मरण रहोस्, कोरोना भाईरसबाट प्रभावित भएको नेपालीहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप नेपाली दूतावास लण्डन, एनआरएनए युकेलगायत नेपाली संघसंस्थाहरुले आ–आप्mनो तह र क्षेत्रबाट सहयोग गरिरहेको अवस्थामा ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) समेत सहयोग गर्दै आएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!