भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

SHARE:

नयाँदिल्ली, दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये एक जना ६२ बर्षीय एक वृद्ध थिए । पानी खाँदा निपा भाईरसको संक्रमण सरेको बताइएको छ ।

मृत्यु भएका १२ जना बाहेक कोझीकोड र मल्लापुरम जिल्लाका अन्य ९४ जनाको घरमा विषेश तरिकाले निरगरानी गरिएको छ भने १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भाइरसको प्रकोप नियन्त्रण गर्न विभिन्न चरणमा फरक फरक तरिकाले प्रयासहरू भईरहेको राज्यका स्वास्थ्य मन्त्री के के सैलजाले जानकारी दिए ।

मन्त्री सैलाजाले निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!