कोरोनाको विश्व महायुद्धमा विजयको विकुल फुके गणेश इजमले

SHARE:

–नगेन्द्र राज नेम्बाङ्ग
‘सप्तान्तर शनिबार आइतबार आउने वित्तिकै चिन्ता शुरु हुन्थ्यो, विरामीको संख्या धेरै भएकोले स्वास्थ्यकर्मीहरुले समय दिन नसक्ने आपूmलाई कठिन भएर इमर्जेन्सी घण्टी बजाउँदा तुरुन्त रेस्पोन्स नहुने धेरै पल्ट घण्टी बजाउनु पर्ने’ भाबुक बन्दै एक महिना लामो अस्पताल बसाईको अनुभव सुनाउनु हुन्छ, गणेश ईजम ।
५२ बर्षिय इजम किरात याक्थुङ्ग चुम्लुङ्ग युकेका महासचिव हुनुहुन्छ । २०३६ सालको पञ्चायत कालको जनआन्दोलनमा धनकुटामा मारिएका शहिदहरुको सम्झना र सम्मानका लागि “खोकु छिन्ताङ्ग दुख्यो की” “अरुण सुसाउँदा मन सबको रुन्छ की दुख बिसाउँदा” भन्ने जनबादी गीतको सर्जक पनि हुनुहुन्छ । ताप्लेजुङ्गको तिरिङ्गेमा जन्म भई प्रारम्भिक शिक्षा धरानमा हाँसिल गरि काठमाण्डौं रेडियो तान्छोक्पाबाट लिम्बु भाषामा समाचार वाचन गर्नुभयो र हङ्गकङ्गमा एनआरएनए स्थापना गर्नुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । हङ्गकङ्गमा नेपाली महासंघ हङ्गकङ्गको अध्यक्ष गरिसक्नु भएको इजम बेलायतको आस्फोर्ड सहर केन्टमा एक छोरी, एक छोरा र श्रीमतीसंग बस्दै आउनु भएको छ ।

उहाँ हाल विश्वभरि फैलिरहेको महामारी कोरोना भाईरसको चपेटामा फसिनुभयो । महामारीमा फसेता पनि आत्मबल बलियो बनाई एक महिना अवधिसम्म विश्व महामारी युद्धमा लडाई लडेर अन्ततः कोरोना विश्व युद्ध विरुद्ध बिजयको विकुल फुक्न सफल भई एक महिना लामो अस्पताल बसाई पश्चात डिस्चार्ज भएर घरमा दुई हप्ताको कोरन्टाईन अवधि पनि नियमपूर्वक सकुशल समापन गरिसक्नु भएको छ । र, अहिले शारीरिक तन्दुरुस्त हुनका लागि घरमा आराम गरि रहनु भएको छ । उहाँ फोनमा बोल्न रुचाउँनु हुन्छ । मैले सम्पर्क गरेर महामारीको युद्धमा विजय हुनु भएकोमा बधाई दिदै हजुरको अनुभव एभरेष्ट टाईम्समा राखौं कि भनि मैले प्रश्न गर्दा म शारिरीक रुपमा पूर्ण रिकभर भएपछि म स्वंय लेख्नेछु । अहिले कम्प्युटर टाइप गर्न खोज्दा हात काँप्छ । मलाई सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिनुपर्छ मैले र मेरो अनुभव शेयर गर्दा धेरै बिरामीहरु मृत्यु हुनुबाट जोगिन सक्छन् भन्ने मेरो पूर्ण विश्वास छ भन्नु हुन्छ इजमजी । आशा गरौं, चाडै नै पढ्न र सुन्न पाईन्छ ।

उहाँको अस्पताल रहँदाको अनुभव यति भन्दा भन्दै पनि १/२ वटा प्रश्न सोधेको थिएँ । आईसियुमा कति दिन बस्नु भयो भनी प्रश्न गर्दा १९ दिन बस्नु भयो । १९ दिनसम्म मुखबाट ट्युब छिराई खाना सप्लाई र नाकबाट पाईप छिराई कृतिम अक्सिजन उपलब्ध गराएका अनुभव बताउनु भयो । अवस्था पीडादायक थियो शरीरालई दाँयाबाँया पल्टाई दिने काम गरिदिदो रहेछ पछि थाहा भयो । डाक्टर, नर्स, केयर टेकरहरुको सर्भिस कस्तो थियो भनि सोध्दा, ‘राम्रो थियो चिन्ताको बिषय भने सप्तान्तर शनिबार आईतबार लागेपछि धेरैजसो स्वास्थ्यकर्मीहरु बिरामी भएका कारण विकेन्डमा स्वास्स्थयकर्मीहरुको संख्या कम हुन्थ्यो । आफ्नो अवस्था कठिन भई आकस्मीक घण्टी बजाउँदा तुरुन्त रेस्पोन्स नहुने लामो समयसम्म पर्खिदा अति दुःख लाग्यो, भाग्यवस नेपाली डाक्टर, नर्स, हेल्परहरुको धेरै साथ र सहयोग पाएँ ।  तपाई यति लामो महामारीसंग युद्ध लडि सकुशल मृत्युको पञ्जाबाट फुत्किन सफल हुनुको पछाडी के होला भनि प्रश्न गर्दा, ‘आत्मबल बलियो थियो, शत प्रतिशत म निको हुन्छ भन्ने आत्मविश्वास थियो । राती निन्द्रा नलाग्दा बेडको वरिपरि हिड्ने कसरत गर्ने सकि नसकि झ्यालको फ्रेम समातेर झ्याल बाहिर दृश्य हेर्ने गर्थे’ भन्नु हुन्छ । आकास्मिक कक्षबाट निस्केर सामान्य कक्षमा २ दिन सम्म हलचल गर्न हिड्न सक्नु हुन्न थियो रे ? स्वास्थ्यकर्मीहरुको सहयोगमा हिड्ने र अस्पतालमा ३ वटा फिजियो लेसन लिएको बताउनु हुन्छ । दाँयाबाँया अरु बिरामीहरुको अवस्था बारे प्रश्न गर्दा प्राय गरेर वृद्ध उमेरका बढी थिए र जाने क्रममा नै थिए । औषधि खान नरुचाउने, रिसाउने गर्थे’ भनि सुनाउनु हुन्छ ।

गणेश इजम

उहाँ लगायत उहाँको परिवारलाई नजिकबाट सहयोग गर्ने व्यक्ति किरात याक्थुङ्ग चुम्लुङ्ग आस्फोर्ड शाखाका सचिव दिवस थोप्रा थप्नु हुन्छ, ‘इजमजीलाई हेरचाह गर्ने डाक्टर विचमा फेरियो वहाँको शौभाग्य दोस्रो डाक्टरको उपचार गर्ने विधि अति नै गुणस्तरीय रहेछ’ । नेपालबाट अम्बरजंग राईले फेसबुक मार्फत सिघ्र स्वास्थ्य लाभको कामना शुभकामनाले बाँच्ने हौसला मिलेको बताउनु हुन्छ । धार्मिक एवं अध्यात्मिक ज्ञानको ओतपोत इजमजीको परिवार माङले पनि रक्षा गरेको बताउनुहुन्छ । माङ सेवा गरेपछि आत्मबल प्राप्त हुन्छ । आत्मबल बलियो भएपछि कोरोनाको केहि लाग्दैन । उहाँका परिवारलाई पनि संक्रमित भएको हो भनि थोप्राजीलाई प्रश्न गर्दा, ‘परिक्षणनै गरिएन ईजमजी अस्पताल जाँदा लक्षण त सबैको एउटै थियो खोकी आउने, ज्वरो आउने त्यसैले सरकार र एनएचएसद्वारा जारी गरिएको संक्रमितले पालना गर्नु पर्ने नियम परिवारले तुरुन्तै व्यवहारमा उतारेको कारणले अस्पताल जान नपरि घरैमा बसेर परिवार सकुशल जाति भए । इजमजीलाई बधाई दिनु पर्छ नयाँ जन्म लिनु भएको छ’, भन्नुहुन्छ थोप्रा जी । ‘इजमजी निको भएर अस्पतालबाट फर्किनु र परिवार घरमै बसेर सञ्चो हुनु अति खुशीको कुरा हो र वहाँको परिवारलाई म र याम पङधाक भएर बिहान बेलुका खाना उपलब्ध गरि सेवा गर्ने मौका पाउँदा अति खुशी लाग्छ’, भन्नुहुन्छ दिवस थोप्रा ।

किरात याक्थुङ्ग चुम्लुङ्ग आस्फोर्डमा कसैले ज्यान गुमाए कि? भनि सोध्दा, ‘छैन लिम्बु समुदाय मात्र हैन, अरु नेपाली समुदाय कसैले पनि अहिलेसम्म ज्यान गुमाउनु परेको छैन, बेलायतमा बढी संक्रमित भएको क्षेत्रमध्ये आस्फोर्ड तेस्रो स्थानमा पर्छ रे, अस्पतालबाट दर्जनौंको संख्या निको भएर घर फर्कि सकेका छन्’, भने । ‘अरु संक्रमित व्यक्तिहरु घरमा नै सबैर सरकार र एनएचएसले सावधानको लागि जारी गरेको नियमको राम्रो पालना गरेकोले अस्पताल जान नपरी घरमा नै सञ्चो भएको’ बताउनु हुन्छ । ‘आत्मबल बलियो बनाई सावधानको लागि अपनाइएको नियमलाई दरो पालना गर्ने हो भने कोरोनाको संक्रमितबाट सजिलै बच्न सकिन्छ,’ भन्नुहुन्छ कियाचु आस्फोर्ड शाखाका सचिव दिवस थोप्रा लिम्बु ।

अन्त्यमा, कोरोना महामारीका कारण ज्यान गुमाउने मृतात्माहरुको आत्म चीर शान्तिको कामना अस्पतालमा उपचार क्रममा रहेको बिरामीहरुको स्वास्थ्य लाभको कामना र डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई सम्मान र धन्यवाद सबैको जय होस् ।
प्रस्तुतिः नगेन्द्र राज नेम्बाङ्ग

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!