बालगायक सिलवालको ‘ट्राफिक हाम्रै साथी’

SHARE:

बालगायक प्रिन्स सिलवालको श्रव्य–दृष्यसहितको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ मंगलबार सार्वजनिक भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सार्वजनकि गर्दै जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “अहिले सडक सुरक्षामा जे जरुरी छ, त्यो कुरा गीतमा प्रकाश झै छर्लङ्ग छ”, महाशाखा प्रमुख ढकालले भने, “अब ट्राफिक सचेतना जगाउन यस्तै गीतसङ्गीत र डिजिटल प्रविधि प्रयोगको विकल्प छैन ।”

उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्मूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्न गरिएको थियो । गीतमा ट्राफिक सचेतनाका लागि बालबालिका स्वयंसेवी भएर प्रस्तुत भएका छन् । बालबालिकाको अभिनयमा नियम उल्लङ्घन गरेर सवारी साधान चलाउने र मापसे गरेर सवारी चलाउनेलाई सुझाव दिँदै ट्राफिक नियम पालनामा प्रेरित गरिएको छ । गीतमा प्रमुख ढकाल र प्रहरी निरीक्षक दामोदर भट्टको सन्देशमूलक प्रस्तुतिसमेत समावेश छ ।

गीतका रमेश पाठकको निर्देशन, प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्न रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!