काठमाडौं । नेवा: ताम्सालिङ समन्वय समितिले १३ वटै जिल्लामा जिल्ला संघर्ष समिति निर्माण गर्ने भएको छ ।
समन्वय समितिको बिहीबार बसेको बैठकले गत जेठ १५ गते सम्पन्न राजनितीक भेलाले पास गरेको कार्ययोजना बमोजिम संघर्ष समितिहरु बनाउने निर्णय गरेको नेवा देय दबुका अध्यक्ष नरेश ताम्रकारले जनाएका छन् । सशक्त आन्दोलनबिना पहिचानको आधारमा ३ नं. प्रदेशलाइ ऐतिहासिकता र बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश नामाकरण हुन नसक्ने ठहरका साथ जिल्ला तहमा संगठन निर्माण र बहसलाइ लैजाने उनले बताए ।
बैठकले पहिलो चरणमा निम्न जिल्लामा संगठन निर्माण तथा जनबहसका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
१. ललितपुर जिल्ला: जेठ २७ गते दिउँसो २ बजे नेफिन हल कुसुन्ती, ललितपुर ।
२. भक्तपुर जिल्ला: जेठ २८ गते दिउँसो २ बजे, स्थान तय हुन बाकी ।
३. काठमाडौ जिल्ला: जेठ २९ गते दिउँसो २ बजे, घेदुङ हल चुचेपाटी ।
४. काभ्रे जिल्ला: जेठ ३० गते दिउँसो २ बजे, नेफिन हल बनेपा ।
५. असार १ गते पहिचान सम्बाद कार्यक्रम दिउँसो २ बजे सातोकी भवन कुपोन्डोल ।
६. नुवाकोट जिल्ला: असार ३ गते दिउँसो १ बजे, बिदुर नपा ।
७. रसुवा जिल्ला: असार ४ गते दिउसो १ बजे, धुन्चे ।
८. धादिङ जिल्ला: असार ६ गते दिउँसो १ बजे, धादिङ्बेसी ।
९. असार ८ गते दिउँसो ३ बजेदेखी ४ बजेसम्म १ घण्टा माइतीघर मण्डलामा धर्ना दिने ।
लगत्तै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने समन्वय समितिले जनाएको छ ।






