बेलायत-बाढी प्रभावितको तत्काल खोजी, उद्धार र राहतमा जुट्न एनआरएनए युकेको आग्रह

SHARE:

लण्डन । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले तत्काल खोजी, उद्धार र आपतकालीन राहत कार्यमा जुट्न सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

बुधबार (२६ अगस्ट) एक प्रेस विज्ञप्ति जारी गर्दै संघले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा भएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो । संघका अध्यक्ष प्रेम गाहा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद्को यो दुःखद घडीमा नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा संघले जोड दिएको छ । बेपत्ता नागरिकहरूको तत्काल खोजी, जोखिममा परेकाहरूको उद्धार तथा विस्थापितहरूका लागि सुरक्षित बासस्थान र आपतकालीन राहत वितरणमा कुनै कसर बाँकी नराख्न नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सम्पूर्ण पक्षको ध्यानाकर्षण गराइएको छ । सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गर्दै संघले विपत्तीमा परेकाहरूको सहयोगका लागि एकजुट हुन सबैलाई अनुरोध समेत गरेको छ । साथै, भविश्यमा यस्ता विपतहरुबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि प्राकृतिक बिपतका जोखिमपूर्ण क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्था गर्न समेत एनआरएनए युकेले सरकारको ध्यानाकर्षण गरएको छ ।

यसैगरी, मातृभूमिमा परेको यस गहिरो सङ्कटमा मलम लगाउन र सहयोग गर्न बेलायतवासी नेपालीहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनरुत्थानका लागि आवश्यक पहल सुरु भइसकेको जानकारी गराउँदै एनआरएनए युकेले बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूलाई यस मानवीय कार्यमा एकजुट भई सक्दो सहयोग गर्न हार्दिक आह्वान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!