भावविभोर हुँदै निम्सदाइको अन्तिम बिदाइ

SHARE:

बेलायत – विश्वकीर्तिमान हिमाल आरोही स्व. निर्मल पुर्जा (निम्सदाइ) एमबिईको पार्थिव शरीरलाई भावविभोर हुँदै अन्तिम बिदाइ गरिएको छ। बेलायतको ब्ल्यान्डफर्डस्थित मिल्टन एबी (गिरिजाघर) मा बुधबार, २६ अगस्ट २०२६ का दिन उहाँका परिवारजन, बेलायतवासी नेपाली तथा अन्य शुभचिन्तकहरूले उहाँलाई अन्तिम बिदाइ गरेका हुन्।

निम्सदाइलाई अन्तिम बिदाइ दिन मिल्टन एबी गिरिजाघरमा श्रद्धाञ्जलि तथा शोकसभाको आयोजना गरिएको थियो। उक्त शोकसभामा पादरी फिलिप करोल, पण्डित प्रेमप्रसाद गैरे र बौद्ध गुरु रिम्पोछे छेवाङ गुरुङले स्वर्गीय निम्सदाइको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गरेका थिए।

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शोक मन्तव्य राख्दै आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो। मन्तव्य राख्नेहरूमा:
पूर्व एमएबी६ को तर्फबाट: आन मिडल्टन
ब्रिटिश आर्मीको तर्फबाट: मेजर जेनेरल डान रीबस
क्विन्स गोर्खा इन्जिनियर्स (क्यूजिए) को तर्फबाट: गोर्खा मेजर खड्क गुरुङ
नेपाल पर्वतारोहण संघको तर्फबाट: मिङमा शेर्पा
नेपालको तर्फबाट: निवर्तमान सभामुख तथा सांसद इन्दिरा राना मगर
बेलायतका पर्वतारोहीको तर्फबाट: रेनहोल्ड मेस्नर
नजिकका साथीको तर्फबाट: धनि राई एमबिई

त्यस्तै, परिवारको तर्फबाट निम्सदाइकी धर्मपत्नी सुची पुर्जा, साला तेजन गुरुङ र दाजु कमल पुर्जाले मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले धर्मगुरुहरू, विभिन्न समूहबाट प्रतिनिधित्व गरी शोक मन्तव्य राख्नुहुने वक्ताहरू तथा सम्पूर्ण व्यवस्थापनमा खटिनुभएका क्यूजिइ, किङ्स गोर्खा आर्टिलरी (केजीए), रोयल गोर्खा राइफल्स (आरजीआर), इन्टेक ०३ तथा नम्बरीका अधिकृतहरू, सिनियर एनसीओ, जुनियर एनसीओ, जवानहरू र उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सुरक्षाका कारण परिवारले मात्र गोप्य स्थानमा निम्सदाइको पार्थिव शरीरको अन्त्येष्टि गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!