विजयपुर दरबार परिसर विश्व सम्पदामा सूचीकरण गर्न सकिने : संरक्षण अभियन्ताहरू

SHARE:

विजयपुर (धरान) फागुन २१ । पूर्वको सेनकालीन इतिहासमा राजधानीका रूपमा रहेको विजयपुर दरबार परिसर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्न सकिने सम्पदा संरक्षण अभियन्ताहरूले बताएका छन् । पुरातात्विक र ऐतिहासिक महत्वको दरबार परिसरलाई प्रक्रिया पु¥याएर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न सकिने अभियन्ताहरूले धारणा राखेका हुन् ।

सम्भावित सम्पदाको सूची सङ्कलन गर्न पूर्वी लिम्बुवान क्षेत्रको स्थलगत अध्ययनका क्रममा धरान निस्किएका राष्ट्रिय सम्पदा संरक्षण अभियानका अभियन्ता विदु प्रकाश कायस्थले विजयपुरको संरक्षणका लागि पनि सम्पदा सूचीकरणका लागि सिफारिस गर्न सकिने बताए । तङ्सिङ् मिडिया एन्ड रिसर्च सेन्टरले सोमबार धरानमा आयोजना गरेको लिम्बुवानका सम्भावित विश्व सम्पदा विषयक अन्तरक्रियामा कायस्थले विजयपुरको पुरातात्विक एवम् ऐतिहासिक पक्षको दस्तावेजीकरण गरेर बृहत्तर विकासका लागि सम्पदा सूचीमा राख्न पहल गर्न सकिने विचार राखे । ‘लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरको शासनकाल र शाषकहरूबारे देशी विदेशी इतिहासकारहरूले पर्याप्त चर्चा गरेका छन् । धरानको प्राचनीन नाम पनि विजयपुर नै हो । विजयपुरको इतिहासले रैथाने जातिका प्राचीन इतिहासको पक्षलाई पनि उजागर गर्छ ।’ उनले नेपालबाट दश संरचनाहरू विश्व सम्पदा सूचीमा परेको बताए । तीमध्ये आठ काठमाडौँ उपत्यकाभित्र छन् । बाँकी दुई चितवन र सोलुखूम्बू जिल्लामा । उनले लिम्बुवान क्षेत्रबाट मुक्कुमलुङ्मा, विजयपुर, तमोर खोला क्षेत्रका धेरै संरचनाहरू सम्पदा सूचीमा पर्न सक्ने विश्वास गरे । नेपालका करिब ६० बढी जिल्ला घुम्ने क्रममा उनले थपा १५ मूर्त सम्पदाहरू सूचीकरणका लागि तयार पारिसकेको बताए ।

१६ वर्ष संयुक्त राष्ट्र सङ्घमा सञ्चार विज्ञका रूपमा काम गरेका कायस्थले मुन्धुमी सभ्यताका स्थलहरूलाई मूर्त सम्पदा र मुन्धुमलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गनुपर्ने सुझाव समेत दिए । त्यसैगरी, वरिष्ठ पत्रकार हर्ष सुब्बाले राज्य आदिवासीको पहिचानप्रति अनुदार भएको आरोप लगाए । ‘विजयपुर आदिवासी लिम्बु जातिको इतिहाससँग गाँस्सिएको क्षेत्र हो । यहाँको राजकीय प्रशासकीय पक्षको अध्ययन गरिनुपर्छ,’ उनले भने, ‘तर, राज्य अनुदार छ । आफ्नै माटोको इतिहास बुझ्न असमर्थ भइरहेको छ ।’

त्यस्तै, धरान प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् याक्थुङ सँस्कृतिकर्मी अम्बिका सम्बाहाङ्फेले लिम्बुवानमा (लुङ)ढुङ्गासँग सम्बन्धित धेरै संरचनाहरूमा इतिहास लुकेको कुरा अगाडि सारे । ‘सुम्हेत्लुङ, सुम्हात्लुङ, मुक्कुमलुङ, फक्ताङलुङ आदिहरूले मानव सभ्यता सुरु भएदेखि राजकाज चलाएकोसम्मको इतिहासलाई प्रतिविम्वत गरेका छन्,’ पालामविद् समेत रहेका सम्बाहाङफेले भने । यसैगरी, किरात याक्थुङ चुम्लुङका संस्थापक नरप्रसाद लुम्फुङ्वाले विजयपुरका संस्थापक याक्थुङ लिम्बु कुलमा जन्मिएका विजयनारायण रायले स्थापना गरेको बताए । उनका अनुसार चौबिसे थुमको राजधानी साँघुरी गढी र पहाडी मोरङको वारातप्पा गढीको मध्य भागमा रहने गरी विजयनारायणले शासन सुरु गरेको जिकीर गरे ।

विजयपुर राज्यको स्थापना १४ औँ शताब्दीमा भएको इतिहासकारहरूले विभिन्न पुस्तकहरूमा उल्लेख गरेका छन् । करिब तीन वर्षअघि एडीबीको खानेपानी आयोजनाअन्तर्गत पानी ट्याङ्की बनाउने कामको अवरोधका बेला विजयपुर बचाउ आन्दोलनका नाममा लिम्बुवान आन्दोलनकारी लगायत स्थानीय आदिावसी समुदायहरू आन्दोलित भएका थिए । विजयनारायणको दरबार परिसर क्षेत्रमा लिम्बु विद्यार्थी मञ्चले आठ वर्षअघि साउन २२ को स्मरणमा विजयपुर स्मारक स्थापना गरेको छ । त्यस्तै, विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिले बोर्ड राखेको छ । सोमबारको अन्तरक्रियाले विजयपुरको इतिहासलाई थप प्रकाश पारेको आयोजक संस्थाका अध्यक्ष योवाहाङ तुम्बाहाङ्फेले बताए । उनका अनुसार सोही दिन विजयपुर दरबार परिसर क्षेत्रको स्थलगत अध्ययन समेत भएको जानकारी दिए । कार्यक्रमलाई प्राविधिक रूपमा यूकेमा रहेको लिम्बुवानी सम्पदा सरोकार समूहले सहयोग गरेको थियो ।

विजयपुर दरबार परिसर विश्व सम्पदामा सूचीकरण गर्न सकिने ः संरक्षण अभियन्ताहरू

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!