वामपन्थी एकतालाई जोगाएर जानुपर्ने एमालेको नेपाल पक्षको निष्कर्ष

SHARE:

काठमाडौं फागुन २७ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकमा वामपन्थी एकतालाई जोगाएर जानुपर्ने विषयमा छलफल भएको छ ।

आज बसेको नेपाल पक्षीय स्थायी कमिटीको भेलामा अधिकांश सदस्यले वामपन्थी एकताकै पक्षमा जोड दिएका हुन् । पछिल्लो समय पार्टीमा भईरहेको गतिविधि बन्द गरि वामपन्थी एकतालाई कायम गरेर जानुपर्ने कुरामा छलफल भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै वक्तव्य नै जारी गर्ने निर्णय गरेको छ । नेपाल पक्षको हिजोको भेलामा पनि अधिकांश केन्द्रीय सदस्यहरुले वामपन्थीहरुबीचको एकता कायम गर्नुपर्ने र वामपन्थीकै सरकार बनाउनुपर्नेमा जोड दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!