एमालेमा अध्यक्ष ओलीको एकलौटी निर्णय, २३ केन्द्रीय सदस्य मनोनित

SHARE:

काठमाडौं फागुन २८ ।

सत्तारुढ नेकपा एमालेको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो।

थापा र भट्ट पूर्व माओवादी हुन् भने अरु एमालेका पुराना कार्यकर्ता मध्ये कै हुन् । भट्टलाई भीम रावलले सम्हालिरहेको जिम्मेवारी दिइएको छ भने अष्टलक्ष्मी शाक्य हटाएर रामबहादुर थापा बादललाई ल्याइएको छ। बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। जसअनुसार माओवादीसँग एकता गर्दा मनोनित ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् ।

योसँगै अब एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय भएको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । साथै बैठकले आउँदो मंसिर २ देखि ६ सम्म महाधिवेशनको मिति पनि तोकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!