एमाले खनाल-नेपाल पक्षको १३ बुँदे कार्ययोजना सार्वजनिक

SHARE:

काठमाडौं चैत ४ ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

खनाल–नेपाल पक्षले बुधबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनासहितका विभिन्न १३ बुँदे आगामी कार्ययोजना तय गरेको हो ।

२०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनःस्थापना, विधि विधानको पुनःस्थापना र विकास, नवौँ महाविधेशनको कार्यदिशाको स्थापना लगायतका आगामी कामका रुपमा प्रस्ताव अघि सारेका छन् ।

आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी, केपीका गल्तीका कारण उनले राजीनामा दिनुपर्ने, कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने, गुटका निर्णयहरु खारेज हुनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!