
काठमाडौं चैत ५ । नेकपा एमाले (केपी ओली समूह) को संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको हो ।
सांसद महेश बसन्तेले भने ‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ ।’
ओलीले एकलौटी गरेको भन्दै असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बुधबार र बिहीबार ललितपुरमा राष्ट्रिय भेला आयोजना गरेको छ ।


