चलचित्रमा ‘आदिवासी सौन्दर्यशास्त्र’ आवश्यक

SHARE:

काठमाडौं चैत १४ ।

मकवानपुरको हेटौँडा घर भएका विवश माझी चलचित्र क्षेत्रमा लागेको एक दशक भयो ।

माझी भाषाको पहिलो चलचित्र ‘मोङोजोवान’ मेरो जिन्दगीमा नायकको भूमिकामा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनि अहिले आदिवासी जनजाति चलचित्रलाई कसरी आदिवासी पनमा सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहनरुपमा छलफलमा जुटेका छन् ।

आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पात्लेखेतमा सञ्चालन भइरहेको ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीले उनलाई सो अवसर जुराएको हो । भाषा संस्कृति लोप भइरहेका अवस्थामा त्यसलाई जोगाउने संरक्षण गर्ने माध्यम नै श्रव्यदृश्य भएकाले त्यसका लागि सशक्त माध्यम भनेको नै चलचित्र क्षेत्र हो भन्ने सोचेर त्यसतर्फ लागेको उनको भनाइ छ ।

आदिवासी जनजाति चलचित्र सङ्घका माझीले शुरुमा छोटो चलचित्र, बृत्तचित्र निर्माण गरेको भए पनि पर्दामा देखाउन सकिने लामो र पहिलो ‘मोङोजोवान’बाट आफूले यात्रा शुरु गरेको बताए। अहिलेसम्ममा माझी भाषामा निर्माण भएको बृत्तचित्र र फिचर चलचित्र गरी नौ वटा निर्माण भइसकेको उनले बताए।

भाषा, धर्म, संस्कार संस्कृति र वेषभूषा नै लोप भइसकेका अवस्थामा चलचित्रका माध्यमबाट पनि त्यसको जगेर्ना गर्न सकिने रहेछ भनेर अहिले चलचित्र हेरेर नयाँपुस्तामा जागरण पैदा गराउने काम भएको उनको भनाइ छ । किराँत राई चलचित्रकर्मी सङ्घका अध्यक्ष सुमन बाङ्देलले पहिचानको संरक्षण, सम्वद्र्धन र विकासमा चलचित्रका माध्यमबाट लागिरहेको बताए हालसम्ममा एक दर्जन जति किराँत राई भाषामा फिचर चलचित्र बनाइसकेका उनले आत्मसम्मानका लागि भाषा, संस्कार, संस्कृतिको संरक्षण र ऐतिहासिकताका लागि मात्रै चलचित्र क्षेत्रमा लगानी गरिरहेको अवस्था रहेको बताए ।

अहिलेसम्ममा बनेको चलचित्रको पहिलो बजार आफ्नै समुदाय र त्यसपछि बाहिर बजार जाने भएकाले अब हिजोका दिनमा कसरी चलचित्र बनाउने भन्ने अवस्थामा रहेका अब कसरी बजारीकरण गर्ने भन्ने अवस्थामा सोच बनाएर अगाडि बढिरहेकाले छलफलबाट नयाँ पाठ सिकेको माझीले बताए। पछिल्लो समयमा आदिवासी जनजाति चलचित्रलाई कसरी गुणात्मकता दिने, त्यसको महत्व, आफ्नो वास्तविक पहिचान बोकेको कथावस्तुमा आधारित रहेर अन्तरराष्ट्रियस्तरको चलचित्र कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा काभ्रेपलाञ्चोकको पात्लेखेतमा आदिवासी जनजाति चलचित्र महासङ्घको नेतृत्वमा १५ वटा जातीय संस्थाका करीब ७० जना चलचित्रकर्मी सहभागी रहेको छलफलमा सो छलफल भएको हो ।

यसलाई आदिवासी चलचित्रकर्मी नवीन सुब्बाले त्यसमा आफ्नो ज्ञान र सीप आदिवासी चलचित्रकर्मीलाई बाँड्ने र आगामी दिनमा कस्तो खालको चलचित्र बनाउने, कस्तो विषयवस्तु, कथा र वातावरणलाई ध्यान दिनुपर्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षणका विषयमा आदिवासी जनजाति साहित्यकार महासङ्घका अध्यक्ष राजन मुकारुङले अहिलेसम्म एउटै मात्र जाति, धर्म व्यवस्था र दर्शनलाई आधार बनाएर निर्माण भइरहेको सौन्दर्य चेतबाट नै चलचित्र निर्माण गरेर शिक्षा दिइरहनुले पनि आदिवासी जनजातिको उत्थान र विकास हुन नसकेको बताए ।

उनले चलचित्र विकास बोर्डले आदिवासी जनजातिलाई समेट्न नसकिएको अवस्थामा आदिवासी जनजातिका लागि छुट्टै चलचित्र बोर्ड आवश्यक रहेको र त्यसका लागि आदिवासी जनजातिले निर्माण गर्न तयार हुनुपर्ने बताए । आदिवासी जनजाति चलचित्र बनाउनेले जुन समुदायको बनाउने हो, त्यसैको नेतृत्वमा बनाउन सकेमा मात्रै वास्तविक पहिचान झल्किने भएकाले त्यसतर्फ ध्यान दिनु पहिलो आवश्यक भएको उनको भनाइ छ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी निर शाहले नेपाली चलचित्रमा आदिवासी संस्कार, चेतना र लोकसंस्कृतिका बारेमा नेपाली चलचित्र उद्योगले नै ध्यान दिन आवश्यक रहेको बताए । आजको दिनसम्म पहिलो नेपाली चलचित्र कुन हो भनेर अठोटका साथ भन्न नसक्नुको कारण एकात्मक सोच र चिन्तनले भूमिका खेलेको उनले बताए । एउटै मात्र भाषा, चेत, संस्कार, संस्कृतिलाई अगाडि बढाएर कुनै पनि विषय र प्रसङ्ग राष्ट्रिय हुनै नसक्ने भएकाले त्यसका लागि अब आदिवासी जनजाति चलचित्रकर्मीले आफ्नो स्क्रिप्टमा पर्याप्त मात्रामा आफ्नोपनलाई समेट्न र विचारलाई नजिक राखेर काम गर्न सक्नुपर्ने उनले सुझाव दिएका छन्।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले आदिवासी जनजाति चलचित्रकर्मीले कथावस्तुलाई आफ्नो पनमा जोड दिन आवश्यक रहेको बताए। आदिवासी जनजातिको विविधतालाई राज्यले सम्बोधन गर्न सकेन भने नेपाली राष्ट्रियता बलियो नहुने उनको तर्क छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!