काठमाडौं चैत १८ । सामाजिक सञ्जालमा भाइरल ‘चियावाली’ नुवाकोटकी सृष्टि तामाङलाई योगी गजेन्द्र नेम्वाङको थ्रुबाटै बुधबारसम्म ७३ हजार सहयोग जुटेको छ ।
विभिन्न देशका आफूमार्फत आएको रकम सृष्टिलाई बुधबार हस्तान्तरण गरेको योगी नेम्वाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सृष्टि तामाङको सहयोग्गार्थ आजसम्म संकलित रकम यसप्रकार छ
१. दल तामाङ नुवाकोट ५ हजार
२ कृष्ण पुन मगर र श्रीमती पम्फा पुन मगर २५ हजार, हन्स्लो यूके
३ मिङ्मा शेर्पा १०० डलर, अमेरिका
४ छिमी र देवाङ ५० डलर
५ दावा शेर्पा २५ डलर
६ लामा दवाङ ५० डलर
७ मोहन लिम्बु ५० डलर
८ कर्मा शेर्पा बौद्ध टुसाल २५ डलर
९ कमल गुरुङ ८ हजार यूके
१० प्रणय प्रधान, प्राचार्य क्रिसेन्ड स्कुल गोदावरी ललितपुरबाट १२ हजार मूल्यको मोबाइल सेट
‘समाजसेवा गर्दा अर्थको सवालमा आम मानिसको सधैं चासो र जिज्ञासा रहेकै हुन्छ । त्यही भएर म सधैं उच्चस्तरको चनाखो भई आर्थिक पारदर्शिता गर्ने कामलाई अख्तियार गरिरहेको हुन्छु । सानो गल्ती र थोरै लापरबाहीले समजसेवा गर्नेको सिंगो जिन्दगी नै गम्भीर धरापमा पर्ने भएकोले म आफूलाई खुल्ला किताब झैं सार्वजनिक गरिरहेको हुन्छु,’ नेम्वाङको स्टाटस छ । उनले समस्त सहयोगी दाताहरुमा धन्यवाद दिएका छन् ।
मनोक्रान्ति अभियानका विदेश विभाग प्रमुख योगी गजेन्द्रराज नेम्वाङले चैत ९ गते (२२ तारिख) का दिन ग्वार्को चोकमा ढाडमा छोरी बोकेर झिसमिसेमै चिया बेच्दै गरेकी सृष्टिको तामाङ तस्बिर फेसबुकमा पोस्ट भएपछि एक्कासी भाइरल बनेकी थिइन् ।
त्यस्तै जर्मनी, अस्ट्रेलिया र नेपालका केही व्यक्तिले समेत सहयोग गरेका छन् । विस्तारै सृष्टिलाई योग, ध्यान र रेकी क्लासहरुमा सामेल गराउने योजना सुनाउँदै योगी नेम्वाङले भने, ‘व्यक्ति सबल भएपछि अरु हुन्छ ।’
करिब ४ वर्षअघि विवाह गरेकी सृष्टिकीको साथमा २ वर्षकी कलिली छोरी सिमोना छिन् । उनका श्रीमान् बुद्धि (दोर्जे) तामाङ केही महिनादेखि परिवारलाई बेवास्ता गरेर हिँडेका छन् । सृष्टिले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार र घरपेटीका अनुसार लकडाउनदेखिको १ लाख १६ हजार रुपैयाँ घरभाडा र श्रीमान्लाई विदेश पठाउने नाममा लिइएको ६/७ लाख रुपैयाँ ऋण छ ।
संक्षिप्त प्रतिक्रिया दिँदै सृष्टिले आफू कसैसँग सहयोग नमाग्ने भन्दै स्वेच्छाले दिएको आर्थिक सहयोग नानीको शिक्षादीक्षाका लागि ५० प्रतिशत जोहो गर्ने र अरु चर्को ब्याच दिनु पर्ने ऋण तिर्ने सुरमा रहेको बताइन् । घर नुवाकोट मेगङ गाउँपालिका बताउने सृष्टि कक्षा ५ मात्रै अध्ययन गरेकी छन् । तैपनि उनको सहास र बोल्नमा निर्धक्कता अनि सुन्दरताले पनि धेरैको मन लोभ्याएको छ ।


