काठमाडौं चैत २० ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ ।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । यसअघि नै कांग्रेसले ओलीलाई सरकार चलाउने नैतिक धरातल नभएको टिप्पणी गरेको थियो ।
संसद्मा कांग्रेसको अंकगणित कमजोर भएकाले सरकारलाई बिदा गर्न नसकिएको तर पछिल्लो समय पनि विभिन्न संविधान विरोधी गतिविधि जारी राखेकाले राजीनमा माग गर्ने निर्णय भएको प्रवक्ता शर्माको भनाइ छ।
कांग्रेसको संस्थापन इतर पक्षले तत्काल प्रधानमन्त्रीको उम्मेदवार तयारी गरी ओलीको राजीनामा माग्ने निर्णय गर्नुपर्ने भन्दै दबाब दिएको थियो । बैठकका केही निर्णय आएपनि बैठक भने जारी रहेको शर्माले जानकारी दिएका छन् ।






