बाँकेको नरैनापुरमा भीषण आगलागी,६० भन्दा बढि घर जलेर नष्ट

SHARE:

बाँके चैत २१ ।

बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उनले जानकारी दिए। नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको पनि अध्यक्ष साहले बताए। आगलागीबाट धेरै क्षति भएको र तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!