बेलायत निवासी गौमाया गुरुङ नेपाली फिल्म ‘कबड्डी ४’ मा अनुबन्ध

SHARE:

लण्डन चैत २५ ।

नेपाली फिल्म ‘कबड्डी ४’ मा बेलायत निवासी गौमाया गुरुङ यात्री अनुवन्ध भएकी छिन् ।

‘मिस यूके नेपाल–२०११’ गौमाया लन्डनकै अर्की उदयीमान नायिका मिरुना मगरका साथ उक्त फिल्ममा अनुवन्ध भएको गौमायाले जनाइन् । बैशाख पहिलो सातादेखि छायांकन सुरु हुने सो फिल्म रामबाबु गुरुङले निर्देशन 
गर्नेछन् । आफ्नो भूमिकाका लागि दुवै नायिका हाल नेपाल पुगिसकेका छन् ।
‘गौमाया मिस यूके नेपाल–२०११’ की विजेता हुन् ।

‘कबड्डी ४ द फाइनल म्याच’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, जयनन्द लामा, कविता आले लगायतको पनि अभिनय रहने छ । गौमायाले यसअघि बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रूपमा निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टीभी मिनी सिरिजमा ओमको आमाको भूमिका पनि निभाइसकेकी छन्।

यसका साथै उनले अभिनय गरेको ‘गोर्खा विनिथ द ब्रेभरी’ फिल्म पनि रिलिजको तयारीमा छ । उनले ‘मिस यूके नेपाल–२०११’ भएदेखि नै बेलायतस्थित नेपाली समुदायमा विभिन्न च्यारिटी र महिलाका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिककी सुपुत्री गौमाया ‘ट्राभल भ्लगर’ पनि हुन् । उनले दिवस गुरुङसंग मिलेर गत अगष्ट २०२० मा ‘खुला आकाश’ नामक युट्युब च्यानल पनि शुरु गरेकी छन्, जसमा यात्रा सम्बन्धी भ्लग पूर्ण रूपमा नेपाली भाषामा उपलब्ध हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!