माओवादी केन्द्रका चारजना सांसदको पद खारेज

SHARE:

काठमाठडौं चैत २६ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्य सांसदको पद खारेज भएको छ ।

खारेजसँगै चार तीन जिल्लाका चार वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व रहेको स्थान रिक्त भएको छ । खारेजीमा पर्ने सांसदहरुमा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलालीका लेखराज भट्ट र गौरीशंकर चौधरी तथा रौतहटका प्रभु साह रहेका छन् ।

उनीहरुको सांसद पद खारेज भएको जानकारी प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दिएका छन् । ओली सरकारमा मन्त्रीसमेत रहेका रायमाझी, भट्ट, साह र चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका हुन् ।

उनीहरुलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ १० बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!