तमुधिं यूकेले आयोजना गर्ने गोर्खा कपबारे बृहत् छलफल, सम्पूर्ण तयारी तर्जुमा

SHARE:

लन्डन चैत २९ । तमुधिं यूकेको आयोजना हुने लोकप्रिय गोर्खा कपबारे बृहत् छलफल भएको छ ।

आगामी २४ जुलाईमा हुने १९ औं संस्करणको गोर्खा कपबारे शनिबार भर्चुअल माध्यमबाट छलफल भएको हो । बैठकमा स्वागत भाषण उपाध्यक्ष हरि गुरुङले राखेका थिए । स्पोर्टस सेक्रेटरी क्या. देबबहादुर घलेले गोर्खा कपको सम्पूर्ण तायरी तर्जुमा भइसकेको प्रस्तुतिकरण राखेका थिए । त्यस्तै उनले अबको गोर्खा कपमा हुनसक्ने सम्पूर्ण आय-व्यय र कार्यक्रमको कार्यतालिकाबारे जानकारी गराए ।

अबको गोर्खा कपमा पनि गत वर्षझैं ३२ मेन टिम र ८ टिम भेट्रेन गरी ४० टिमको सहभागी हुनेछ । साथमा पारासुट जम सांस्कृतिक कार्यक्रम र विभिन्न स्टल र १० वटा रेन्टुरेन्ट हुनेछ ।

सम्पूर्ण उपस्थित सल्हाहकार तथा सदस्यहरुबाट एकदम महत्वपूर्ण सल्लाह, सुझाव दिएका साथै सम्पूर्णबाट सकारात्मक सुझाव दिएको मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिए । उनका अनुसार बैठकमा यो वर्षको गोर्खा कप पहिलाभन्दा अझै उत्साहित हुने आशा व्यक्त गरिएको छ ।

अध्यक्ष हित काजी गुरुङले शुक्रबार निधन भएका बेलायतका राजकुमार फिलिप र तमुधिंका दिवंगत सदस्य तथा आजीवन सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । अध्यक्ष गुरुङले सम्पूर्ण सल्लाहकारहरु तथा सस्दस्यहरुको सल्लाहलाई मनन गर्दै आगामी हुने गोर्खा कपमा धेरैभन्दा धेरै सहयोगको अपेक्षा गरेका छन् ।

यस वर्षको गोर्खा कपमा कोरोनाको कारणले बेलायत सरकारको नियमलाई ध्यानमा राख्दै मूलगेटमै र ठाउँ ठाउँमै स्यानिटाइजरको व्यवस्था गरिने छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!