नेपालमा कोरोना संक्रमण बढ्दो,एकैदिन ६सय ३ जना संक्रमित थपिए

SHARE:

काठमाडौं वैसाख १ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ ।

मंगलबार ५१७ जनामा संक्रमण पुष्टी भएकोमा आज बढेर ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन् । बुधबार एकैदिन ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मुलुकमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको कूल संख्या ३०६१ पुगेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!