सर्वसत्तावादविरुद्धको अभियान वर्तमान नेतृत्वबाट हुँदैन: डा कोइराला

SHARE:

काठमाडौँ, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएको छ ।

नेपाली काँग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उनले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसको अहिलेको नेतृत्वले जनताको भावना तथा सर्वसत्तावादविरुद्धको अभियानको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीभित्र शुद्धीकरणको खाँचो औँल्याए ।

चित्त दुखाएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्नुपर्छ

युवा नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली काँग्रेस आत्तिएर छटपटाएको बताए ।

उनले भने, “राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले काँग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।”

दुई तिहाइ बहुमतको आडमा सरकारले निर्वाचन आयोग, अदालत र प्रेसमाथि नियन्त्रण गर्न उद्धत रहेको देखिन्छ भन्दै नेता थापाले काँग्रेस प्रश्न र समस्या होइन, उत्तर र समाधान दिने पार्टी बनाउने अभियानमा आफूहरु जुटेको धारणा राखे ।

नीति र विचारमा स्पष्ट भएर चित्त दुखाएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्दै आगामी पाँच वर्षभित्रमा १५ लाख नयाँ मतदातालाई आकर्षण गर्ने अभियानमा पार्टीले दिने जस्तोसुकै जिम्मेवारीलाई शिरोधार्य गरी ५० हजार युवालाई आफू एक्लैले नेपाली काँग्रेसको पक्षमा ल्याउने उनले अठोट व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!