वाटरमेलोनले जित्यो नवौं पाँचथर कप

SHARE:


लन्डन ३० अप्रिल २०२२ । पाँचथर समाज सेवा यूकेद्वारा प्रत्येक वर्ष खेलाउँदै आएको नवौं पाँचथर कप वाटरमेलोनले जितेको छ । वाटरमेलोनले शनिबार भएको फाइनलमा पेनल्टी सुटाउटमा B13 लाई २-३ गोल स्कोर गरी विजय हासिल गरेको हो । मेन टिम समूहमा वेल्स टिमबाट अनमोल लिम्बुले अत्यधिक स्कोर गरे भने वाटरमेलोनबाट उत्कृष्ट खेलाडी कृष्ण गुरुङ छानिए । बिजय टिमलाई पाँचथर कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगितामा ३ समूह विभाजन गरिएको थियो । मेन टिम, भेटेरेन र सुपर भेटेरेन टिम । सुपर भेटेरेन समूहमा एफसी केन्ट रनर अप भए भने धरान एफसी विजयी भए । टप स्कोरर धरान एफसीका रेशम राई भए भने र उत्कृष्ट खेलाडी एफसी केन्ट्का पदम लिम्बु बने । भेटेरेन समूहमा इलाम एफसी उपविजेता र धरान ११ ले विजय हासिल गर्‍यो । टप स्कोरर धरान ११ बाट टंक लिम्बुले गरे भने उत्कृष्ट खेलाडी इलाम एफसीबाट तारामान गुरुङ छानिए । विभाजित फुटबल प्रतियोगितामा जम्मा ३४ टिमले भाग लिएका थिए ।

प्रमुख अथिति सुभासचन्द्र जबेगुले विजय टिमहरुलाई बधाई दिँदै उपविजेताहरुलाई अर्को वर्ष विजय हुन शुभकामना दिए । प्रतियोगिता संयोजक खगेन्द्र लावती र संस्थाका अध्यक्ष कैलाश काम्बाङ्गले उपस्थित सम्पूर्ण खेलाडी, दर्शक, प्रतियोगिता सन्चालनमा खटिएका कार्यसमिति अफिसियल पुरस्कार प्रायोजकलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

कैलाश काम्बाङ्गको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा प्रमुख अथिति सुभाशचन्द्र जबेगु, अन्य अथितिहरु तमुधिं यूकेबाट कुमार गुरुङ, किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष नरबिर आङ्बो, समाजसेवी नरकुमारी लिम्बु , माङेना चुम्लुङका पूर्वअध्यक्ष कमला लिम्बु, उपाध्यक्ष सुस्मिता याक्सो कन्दङ्वा, नेम्वाङ समाज यूकेका अध्यक्ष सन्तबिर नेम्वाङ, किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष अमृता पालुङ्वा सबेन्हिम, किरात याक्थुङ चुम्लुङ यूकेका कोशाध्यक्ष दिपेन्द्र याक्सो, किरात याक्थुङ चुम्लुङ यूके वेस्ट शाखाका अध्यक्ष बिर नरसिङ लिम्बुलगायतको उपस्थिति थियो। कार्यक्रम सन्चालन महासचिव प्रेम धालव सुहाङ्गले गरेका थिए ।

पुरस्कार ट्रफी प्रायोजकहरु संख्याका पूर्वअध्यक्षद्वय चन्द्र सुन्दास र धन काम्बाङ, सल्लाहकार सूर्य गुरुङ, महासचिव प्रेम धालव सुहाङ, यदुचन्द्र लावती, सल्लाहकार बिना येकतेन लिम्बु, मनु हेम्ब्या काम्बाङ, रामराज काम्बाङ, नेम्वाङ समाज सेवा यूकेका अध्यक्ष सन्तबिर नेम्वाङ, हेमराज काम्बाङ, समाजसेवी सुर्य नेम्वाङ, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बुले प्रायोजन गरेका थिए । सबै प्रायोजकहरुले प्रायोजन गरेको ट्रफी आफ्नै हातबाट खेलाडीहरुलाई प्रदान गरेका थिए भने मेन टिमका टप स्कोररको पुरस्कार संस्थापक महासचिव स्वर्गीय प्रेमप्रकाश नेम्वाङको स्मृतिमा उनकी श्रीमती चित्रकला राई नेम्वाङले प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!