अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

SHARE:

कान्दाहार, अफगानिस्तान, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार जानकारी दिएका छन् ।

कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिएका छन् ।

कारबाहीको क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा आतङ्ककारी र सुरक्षाबलबीच सोमबार राति भएको झडपमा परी नौ जना प्रहरी पनि मारिएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता दाउद आमेदीले सो कुराको जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!