मिर्गौला तस्करी गरेको आरोपमा पाँच पक्राउ

SHARE:

चितवन, मिर्गौला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्लाको बयरवन बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौँबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

निजमध्ये परियारबाहेकका अन्यले अरु तस्करको सम्पर्कबाट भारतको विभिन्न अस्पतालमा गई एक÷एक वटा मिर्गौला बिक्री गरेको पाइएको दाबी प्रहरीले गरेको छ । निजले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको विज्ञप्तिमा जनाइएको छ ।

मिर्गौला बिक्री गर्ने मानिस खोजी गरी सम्पर्क गराइदिएबापत एक जनाको मिर्गौला बिक्रीबाट रु ५० हजारदेखि रु एक लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताए ।

संलग्न अन्य व्यक्तिको समेत खोजतलास भइरहेको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!