लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा

SHARE:

लण्डन ३ जुन २०२३ ।

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा भएको छ ।

यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र २० प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।
भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो चलचित्र घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए ।

यो चलचित्रमा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युके बाट दील घले र नबिन थापा निर्माता रहेका छन् । सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो चलचित्रको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेश राज मोक्तान, चलचित्र निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवान दाश चौहान, प्राध्यापक रुपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

साथै, गायक सपन कुमार राई, ज्ञानेन्द्र रावत, अनिल लामिछाने, नृत्यकार सुरेश श्रेष्ठ, गोपाल बस्नेत, मिसेज युके नेपालका टाईटल होलडरहरुको समेत उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!