बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे डा.गोविन्द केसीले, ठोस जवाफ नपाएको प्रतिक्रिया

SHARE:

काठमाडौं । चिकित्सक गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

डाक्टर केसीले शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री केपी ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । भेटमा डाक्टर केसीले चिकित्सा शिक्षा विधेयकलगायत सहमतिलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन भएको ढिलाईबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीको जवाफ भने ठोस रुपमा नआएको डाक्टर केसीले बताए ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूसंग भएको सहमति कार्यान्वयनबारे प्रधानमन्त्रीले ठोस जवाफ नदिएको दिए । १५ पटकसम्म सत्याग्रह गरेका डाक्टर केसीले सहमति कार्यान्वयन भएन भने १६ औं पटक पनि सत्याग्रह गर्न सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।

अध्यादेशमा भएका प्रावधानविपरीत हुने गरी मन्त्रिपरिषद्ले गरेका निर्णय हटाउन सरकार सहमत भएपछि गत साउन १० गते डाक्टर केसीले १५ औं सत्याग्रह तोडेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!