कांगेसको नेतृत्वमा नयाँ सरकार बनाऔँ – नेता आर के त्रिपाठी

SHARE:

अहिलेको राजनैतिक गतिबिधी हेर्दा नेपाली कांग्रेसले प्रचण्ड समातेर समाजवादी बाटो भुलेको छ।कांग्रेस लाई सत्तामोहले बैचारिक र सैद्धान्तिक रूपमा स्खलित बनाइँदैछ।यो अकाट्य चुरो कुरो हामी स्वीकार्न तयार छैनौं।

हामी रोगलाइ नै स्विकार्दैनौँ भने डाक्टर कहाँ किन जान्छौँ ?उपचारबारे किन सोच्छौँ?

अहिले नेपाली कांग्रेसले लिएको,समातेको,गलत बाटोको परिणाम यसै गरि यथास्थितीमा जाने हो भने 4 बर्ष पछि आउने चुनाबमा नतिजा प्रतिकुल हुन सक्दछ/
यो अकाट्य चुरो कुरो हो।यो मैले भनिरहँदा कोहि रिसाउनु पनि पर्दैन!

प्रचण्ड लाई बर्षौं देखि समति रहँदा कांग्रेस संवृद्धि,विकाश,संस्थागत प्रजातन्त्रीक अभ्यास,अन्तर पार्टी प्रजातान्त्रीक अभ्यास, विचारको राजनिती,समाजवादी बाटो र राष्ट्रियताको पक्षमा समेत हरेक दिन स्खलित भइरहेछ !

म आर के त्रिपाठीले त देखेको कुरा औंल्याई दिने हो।लेखकले,विचारकले,विद्वान्‌ले सके सम्म राम्रो पारदर्शी पुस्तक लेख्ने हो।पढ़ने नपढ्ने पाठकको काम हो।मेरो हेराईमा कांग्रेस सहमत हुनै पर्छ भन्ने छैन।

समस्या यो होइन कि गलत बाटो,गरिरहेको कमजोरी,सत्ता मात्र सबै चिज हो भन्ने अज्ञान, समाजको विभेद,अपारदर्शीता,असमानता हटिरहेको छैन!

समस्या यो हो कि हामीले लिईरहेको गलत बाटो,गरिरहेको कमजोरी,सत्ता मात्र सबै चिज हो भन्ने अज्ञान,समाजको विभेद,अपारदर्शीता, असमानता छ भन्ने कुरा हामी मान्न तयार छैनौँ!

के पी वली बाट प्रचण्ड थुतेर कांग्रेस संग जोड्न प्रचण्डलाई फिर्ता ल्याउनु नै ठूलो उपलब्धी हुन सक्दैन।यो कार्य समाजवादी संवृद्धिको बाटो कहिल्यै थिएन/यहाँ प्रचण्ड पुःन कांग्रेस संग मिल्न ल्याउँदा हर्ष बढ़ाई गरिएको छ।

तर म पुःन भन्दछु?हर्ष बढाई त यसमा मानेमा हुनेछ कि कांग्रेस अब अरु 4 बर्ष शाषनमा रहँदा जनताको दैनिकी,विकाश र संवृद्धिको पथमा कसरी अगाडी बढ्दछ ?

यो सबै भविष्यले देखाउला नै।यि सबै पक्षमा नेपाली कांग्रेस पार्टीले हेक्का राखि अगाडी बढ्नु पर्दछ।

यहाँ विदेशमा जस्तै पुःन भन्दछु कि नेपालको विकाश,संवृद्धि सबै राजनैतिक पार्टी मिलि बनाउने हो।एक व्यक्ति,एक परिवार,एक समाज,,एकल पर्टिले मात्र देशको विकाश, संवृद्धि भरिपूर्ण बनाउन सकिँदैन।विकाश र संवृद्धि मैले वा हाम्रो पार्टीले मात्र गरेको भनी हुँकार गरिरहन पनि हुँदैन।

त्यसैले सबै मिलि देशको संवृद्धि ल्याउने हो भने एमाले संगको राजनैतिक अविश्वास,दुस्मनी अव घटाउन कोशिष गर्नु पर्दछ।

नेपाली कांग्रेस पार्टीको नेतृत्वमा अब सरकार बनाउनु पर्दछ किनकी अहिलेको प्रचण्ड नेतृत्वको सरकार सबै पक्षमा असफल प्रमाणीत भएको छ।सरकारको लोकप्रियता नाप्ने हरेक सुचकले अलोकप्रिय वा खराब सुचना दिएको छ।

तसर्थ पुःन भन्दछु कि नेपाली कांग्रेसको नेतृत्वमा सके राष्ट्रिय सरकार वा नसके एमालेको समर्थनमा कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन प्रयत्न गरौं।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!