नेपालको स्थानीय तह उपनिर्वाचनमा कांग्रेस १७, माओवादी ११, एमाले ८ मा विजयी [सूची]

SHARE:

काठमाडौँ ३ डिसेम्बर २०२४ । नेपालमा स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोग नेपालका अनुसार कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा देखिएका छन् । जसअनुसार कांग्रेस १७, माओवादी ११, एमाले ८ तहमा विजयी बनेका छन् ।

कहाँ को निर्वाचित ?
नेपाली कांग्रेसले जितेका पालिका र वडा
१ काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख – कृष्णमान डङ्गोल
२ मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुनप्रसाद तिवारी
३ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द
४ बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु
५ सुनसरी गढी गाउँपालिका–६ तेतर साहु
६ रौतहट राजपुर नगरपालिका–६ समसे आलम
७ रोल्पा रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
८ रौतहट ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
९ रुकुमपश्चिम सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री
१० काठमाडौं कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन
११ डोटी पूर्वीचौकी गाउँपालिका–६ मोहन थापा
१२ तेह्रथुम लालीगुराँस नगरपालिका – ८ नगेन्द्र लिम्बु
१३ दार्चुला दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर
१४ जाजरकोट कुशे गाउँपालिका-७ खम्बबहादुर सिंह
१५ गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ
१६ बझाङ सुर्मा गाउँपालिका – ४ धिरेन्द्र पुजारा
१७ काठमाडौं कीर्तिपुर नगरपालिका-४ राजेन्द्र बानियाँ

नेकपा माओवादी केन्द्रले जितेका वडा
१ मोरङको ग्रामथाम गाउँपालिका अध्यक्ष – नमोनारायण माझी
२ जाजरकोट नलगाड नगरपालिका उपप्रमुख – देवका लामिछाने
३ हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष–देवकी तिमिल्सिना
४ रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष – नरपुर बुढा
५ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाँक्री
६ नुवाकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
७ उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार बान्तवा राई
८ धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट
९ गोरखा गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर
१० रुकुम पुर्व पुथाउत्तरगंगा–२ मा जगत घर्ती
११ उदयपुर बेलका नगरपालिका –९ भरत घिमिरे

नेकपा एमालेले जितेका पालिका र वडा
१. दैलेख महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही
२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी
३ दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष–उमा लुङ्गेली मगर शेर्पा
४ कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान
५. महोत्तरी रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ
६. दैलेख दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही
७ ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ
८ ताप्लेजुङ सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन

जनता समाजवादी पार्टीले जितेका वडा
१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ धिरेन्द्रकुमार साह
२. सप्तरी डाक्नेश्वरी नगरपालिका–४ मा देवेन्द्रप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको वडा
१. काठमाडौं महानगरपालिका–१६ मा रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी
१. रौतहट गढीमाई नगरपालिका–८ मा बजरंगीप्रसाद यादव

नेमकिपाले जितेको वडा
१. कालीकोट तिलगुफा नगरपालिका– ४ को मा खड्कराज शाही

स्वतन्त्र
१. झापा कन्काई नगरपालिका–६, लक्ष्मीप्रसाद ओली

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!