तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ च्यारिटी डिनर, १० जना गरिब तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

SHARE:

एटा संवाददाता
मिचेट । तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।

तमुधिं युकेले २२ सेप्टेम्बर शनिबार साँझ तमुधिं भवन मिचेटमा तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गरेको हो । सो साँझ १० जना दाताहरु स्टेनमोर युनिभर्सिटीमा अध्ययनरत मानस्लु गुरुङ, तमुधिं युकेका सल्लाहकार कृष्ण गुरुङ तथा दिम्पी गुरुङ, तमुधिं युकेका आजीवन सदस्य शेरा गुरुङ, तमुधिं युकेका कार्यसमितिका सदस्य श्रीप्रसाद गुरुङ तथा रिपनमाया गुरुङ, तमुधिं युकेका सल्लाहकार ओमेन्द्र गुरुङ तथा अगमकुमारी गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेका अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिईएम तथा युवा कुमारी गुरुङ, सहारा युकेका अध्यक्ष मिन बहादुर (साइँला) गुरुङ तथा शारदा गुरुङ, तमुधिं युकेका आजीवन सदस्य कृष्ण गुरुङ तथा उषा गुरुङ, तमुधिं युकेका आजीवन सदस्य राजेश गुरुङ तथा रेखा गुरुङ र तमुधिं युकेका सल्लाहकार चन्द्रमान गुरुङ तथा राधा गुरुङले छात्रवृत्तिका लागि जनही एक लाख पच्चिस हजार÷एकलाख पच्चिस हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तमुधि युकेको बिशेष पहलमा तमुधिं युके लगायत विभिन्न व्यक्तिहरुले हालसम्म ७३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा सो कार्यक्रममा १० जनाले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेपछि युकेबाट ८३ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । तमुधिं युकेका सल्लाहकार हरि गुरूङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले भिडियोमार्फत शुभकामना सन्देश दिएका थिए । त्यस्तै, कार्यक्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरुको अनुभवसमेत भिडियोमार्फत सुनाइएको थियो ।

सो अवसरमा अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङले उपस्थित दाताहरूलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । अनुपस्थित दाताहरूलाई लाईफ मेम्बर डिनर नाईटमा सम्मान गरिने अध्यक्ष गुरुङले जनाए । त्यस्तै, नेपाली मेलाको उद्घोषणका लागि नेपालबाट आएकी एकमात्र गुरुङ भाषाकी टेलिभिजन कार्यक्रम ‘तमुमै ताँ’ का प्रस्तोता पुनम गुरूङ बिदाई गरिएको थियो । सो अवसरमा बेलायत भ्रमणमा रहेकी गायिका रुबी गौलीलाई समेत खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष गुरुङलगायत सम्पूर्ण कार्यसमिति, विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सहयोगदाताहरु, कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न उद्यमी, व्यवसायी र व्यक्तिहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा संयोजक हरि गुरुङ र छात्रवृत्तिको कल्पनाकार एवं तमुधिं युकेका संस्थापक अध्यक्ष मिन गुरुङले प्रतिष्ठानको बारेमा बोलेका थिए । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल उद्देश्य लिएर २०५८ सालमा स्थापना भएको तमु साँस्कृतिक प्रतिष्ठानले हाल नेपालका करीब १३ जिल्लाका २०० भन्दा बढी गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रत्येक सहयोगदाताले प्रदान गरेको रकम बैंकमा राखी सोही रकमको व्याजले कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कार्यक्रममा रोहित गुरुङ, रुबी गौली, सपन राई र कुमार गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरी कार्यक्रमलाई अझ मनोरञ्जनपूर्ण बनाएको थियो । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव कृष्ण प्रसाद गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!