फोनिजका पूर्वकोषाध्यक्षसहित पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह

SHARE:

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार एवं फोनिजका पूर्वकोषाध्यक्ष टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासङ्घले जनाएको छ । थामी राससका समाचारदाता कालिका खड्काका पति हुनुहुन्छ ।

यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीप्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घले आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!