तमु धीं यूकेद्वारा भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न अपिल

SHARE:

लन्डन । भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति तमु धीं यूकेले दुःख व्यक्त गरेको छ ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा विदेशमा रहेका नेपालीलाई एकजुट भएर उद्धार तथा मानवीय सहयोगमा जुट्न अपिल गरेका हुन् ।

बाढी प्रभावितलाई तत्काल स्वास्थ्य उपचार, खाद्यान्न र आवासको व्यवस्था गर्न तथा जोखिममा रहेका, घरबारविहीन भएका र आफन्त तथा सम्पत्ति गुमाएर शोकमा रहेका परिवारलाई राहत उपलब्ध गराउन संस्थाले आग्रह गरेको छ । त्यसका लागि ज्ञान, सीप, अनुभव, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै सहकार्य गर्न पनि अपिल गरिएको छ ।

तमु धीं यूकेले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइते, विस्थापित तथा बाढी प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापितको उचित उपचार र सुरक्षित पुनःस्थापनाको व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!