बेलायत। सुक्रवार १७ जनवरी २०२५ को दिन डा. बिशाल गुरुङ र उनका समुहले आयोजना गरेको च्यारिटी डिनर नाइट भव्यताको साथ सम्पन्न भएको छ ।डा. गुरुङको समुहमा ट्रष्टीहरुमा मेजर डेबिस, क्याप्टेन मोरिस, बिमल गुरुङ, सुष्मा गुरुङ, मिलन रोका, डा. जित तमाङ र सोम थापा रहेका छन् ।
आँखा शिविरको लागि आयोजना गरिएको च्यारिटी डिनर नाइट अल्डरसटस्थित एम्पाएर बाङ्कुटिङ हलमा सम्पन्न भएको थियो । च्यारिटी डिनर नाइट लक्ष लिएको भन्दा सफल रहेको च्यारिटी कार्यक्रमको संयोजक डा. बिशाल गुरुङले बताएका छन्।
उक्त च्यारिटी डिनर नाइटद्वारा प्राप्त रकमले १० फेब्ररीमा पर्बत जिल्लाको चारभनज्याङमा, ११, १२, र १३ मा पर्बत कुश्मा र १८, १९ र २० सर्लाही जिल्लामा मोतीबिन्दुको अप्ररेसन शिबिर संचालन गर्ने भएको छ।
उक्त च्यारिटी डिनर नाइटमा संयोजक डा. बिशाल गुरुङले उपास्थित पाहुनाहरुलाई स्वागत गरेका थिए भने सांस्कृतिक कार्यक्रम बिमल गुरुङले संचालन गरेका थिए। बेलायतमा स्थापित बिभिन्न संघ- संस्थाका अध्यक्षलगायत सम्पूर्ण नेपाली दाज्युभाइ तथा दिदीबहिनीको उपस्थिति रहेको थियो।
च्यारिटी डिनर नाइटमा नेपालबाट बेलायत आएका कलाकारहरु बिमला गुरुङ, प्रसाद खाप्तरी, देबी आले, भविकला घर्तिमगर र स्थानीय कलाकारहरु क्याप्टेन बिर बहादुर थापा, मंसुदन थापा, बिना राईलगायत थुप्रै स्थानीय कलाकारहर्के मनोरंजन दिनुको साथै उपस्थिति रहेको थियो ।








