बेलायत – मगर संघ युकेले आगामी सनिवार ५ अप्रिल २०२५ का दिन हुन गैरहेको आठौँ राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन मण्डल गठन गरेको छ।
उक्त निर्वाचन मण्डलको प्रमुख आयुक्तमा मगर संघ युकेका सल्लाहकार डा. प्रेम आलेलाई नियुक्त गरेको छ भने सचिबमा ट्रष्टी जमुना पुन र सदस्यमा ट्रष्टी हेमा रानालाई मनोनित गरेको थियो।
उक्त डा. प्रेम आलेको निर्वाचन मण्डलले मगर संघ युकेका सल्लाहकारहरु विजय थापा र हिक्मत सिङ रोकालाई निर्वाचन मण्डलको सदस्यको लागि मगर संघ युकेलाई सिफारिश गरेको थियो। उक्त सदस्यहरु तथा संस्थाका सल्लाहकारहरुलाई मगर संघ युकेले अनुमोदन गरेको छ।
मगर संघ युकेले उक्त निर्वाचन मण्डललाई मगर संघ युकेको बिधान अन्तर्गत रहेर निर्वाचन प्रकृयाको कार्यतालिका प्रकाशित गर्न र आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिएको छ।
निर्वाचन मण्डलको प्रमुख आयुक्त डा. प्रेम आलेले मगर संघ युकेको बिधान अन्तर्गत रहेर निर्वाचन प्रकृयाको कार्यतालिका प्रकाशित गर्ने तथा मगर संघ युकेले दिएको जिम्मेवारी पुरा गर्ने जानकारी दिएका छन्।






