एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

SHARE:

काठमाडौँ २३ जनवरी २०२५ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै  सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन्।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका  गिरीले नेपालको संविधानले नै  एनआरएन नागरिकता सुनिस्चित गरि सकेपछि  एनआरएनहरुलाई  आफ्नै  मातृभूमि आउँदा भिसा लगाउनु पर्ने  प्रावधान संविधानको मर्म विपरित रहेको बताए।  उनले त्यस्तो प्रावधान संशोधन गर्नु पर्ने पनि जनाए।  

संसारभरि रहेका एनआरएन नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा  गैर आवासीय नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दस वर्ष निशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्।  

एक प्रश्नको जवाफमा पूर्वमंत्री गिरीले सरकारको काम सुस्त रहेको बताए।  यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने जनाउंदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए।

उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए ।   “सबै सहकारी पीडितहरुले न्याय पाउनु पर्छ।  उनीहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनु पर्छ।  यसमा सरकारले खुट्टा कमाउनु हुदैन।  जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुदैन,” गिरीले भने।  

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ। रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको थियो।

 स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा काठमाडौँ  जिल्ला अदालतको आदेश पछि  रवि ६० लाख धरौटी बुझाएर रिहा भएका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!