जीवन विज्ञान युकेले पाँचौं वार्षिकोत्सव समारोहको आयोजना गर्ने

SHARE:

 

जीवन विज्ञान युकेले पाँचौं वार्षिकोत्सव समारोहको आयोजना गर्ने भएको छ। वार्षिकोत्सव समारोहमा विभिन्न कार्यक्रमका साथ शनिबार 1st February 2025 का दिन बेलायतको समय अनुसार बिहान ७:१५ देखि ८:४५ बजे सम्म र नेपालको समय अनुसार दिउसो १ देखि २:३० बजे सम्म जुमको माध्यमबाट वार्षिकोत्सव समारोह हुने बताएको छ।

उक्त कार्यक्रममा बेलायतका लागी नव नियुक्त नेपाली राजदूत महामहिम श्री चन्द्र कुमार घिमिरेज्यू प्रमुख अतिथि रहनुहुने जानकारी गराएको छ भने बेलायतवासी सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि र्हार्दिक निमन्त्रणा गरेका छन्।

यस कार्यक्रममा हामी सबैका प्रेरणाका श्रोत, जीवन विज्ञानका संस्थापक परमश्रद्धेय सद्गुरुदेव द्वय एलपी भानु शर्मा र रमेश नेपालज्यूको पावन उपस्थितिका साथ उहाँका अमृतमय वाणीहरु श्रवण गर्ने अवसर मिल्ने बताएका छन् ।

उक्त कार्यक्रममा कार्यक्रम शुरु हुनु भन्दा १५ मिनेट अगाडि नै जूममा जोडिनु अनुरोध गरेका छन् |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!