चिम्खोलामा आयतित मादक पदार्थ निषेधित

SHARE:

 

म्याग्दी, रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलाका वडा समिति, मण्डली युवा क्लब र महिला समितिले संयुक्त रुपमा चिमखोलामा आयतित मादक पदार्थ निषेधित गरेको छ।

आज भन्दा दुइ वर्ष पहिला भुन्टी र सगुन (प्लाष्टिकमा राखिएका पोका रक्सीहरु) निषेध गरिएको थियो भने एक वर्ष पहिला बोतल बियर निषेध गरेको थियो। यस वर्ष भने सिल्वन्दी गरेको सिसी तथा बोतलजन्य रक्सी (स्प्रिट) हरुलाई निषेधित गरेको हो।

सिसी तथा बोतलजन्य रक्सीहरुको बिक्रिबितरण गर्ने ब्याबसायीहरुलाई माघ २ गते भित्रमा बिक्रिवितरण बन्द गर्न चिमखोलाका वडा समिति, मण्डली युवा क्लब र महिला समितिले सुझाएका थिए। तर ब्याबसायीहरुले अटेर गरेपछि छापा मारेर भेटिएका रक्सीहरुलाई सदरमुकाम बेनीमा सम्बन्धित डिलर तथा ब्यबसायीलाई फिर्ता पठाएका छन्।

आयतित मादक पदार्थ निषेध र स्थानीयले उत्पादन गरेको घरेलु रक्सीलाई बढुवा दिने रघुगंगा गाउँपालिकाको कार्ययोजनामा रहेकोले चिम्खोलामा चरणवद्ध रुपमा कार्यान्यन मात्र गरेको वडा अध्यक्ष रिम बहादुर पाइजाले जानकारी दिएका छन्। निकट भविष्यमा गाउँपालिकाको कार्ययोजना अनुसार नै स्थानीयले उत्पादन गरेको रक्सीलाई गुनोस्तर मापन गरि बिक्रिबितरण गर्ने अध्यक्ष पाइजाले बताएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!