गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा समाजसेवी थर्क सेनले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० बारिकुनामा अवस्थित श्री गंगालाल माध्यामिक बिद्यालयलाई २ लाख १ सयको अक्षयकोष स्थापना गरिदिएका छन् भने बारिकुना मै अवस्थित वालकल्याण निम्न माध्यामिक विद्यालयलाई पनि १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन्। समाजसेवी सेन उक्त श्री गंगालाल माध्यामिक बिद्यालयको पुर्ब बिद्यार्थीसमेत हुन्।
त्यस्तै उनले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० छापमा अवस्थित श्री जनकल्याण माद्यामिक विद्यालयलाई पनि १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन् भने पाल्पा जिल्ला, चापपानी नगर पालिकामा अवस्थित श्री चन्द्र उच्च माध्यामिक विद्यालयलाई पनि १ लाख ६० हजारको अक्षयकोष स्थापना गरिदिएका छन्।
उक्त अक्षयकोषहरुवाट प्राप्त ब्याजवाट हरेक वर्ष उक्त विद्यालयहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हौसला स्वरूप छात्रबृति वितरण गरिने लक्ष लिएको स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० बारिकुना निवासी हाल बेलायतको फानबोरो निवासी सेनले बताएका छन्। सेन स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिका सल्लाहकारसमेत हुन्। उनि लोकप्रिय समाजसेवी तथा चर्चित शिक्षा प्रेमी भनेर परिचित छन्।






