
पोखरा १४ जनवरी २०२५ । सहारा यूकेको सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङ गाउँमा बनाइएको बोर्ड उद्घाटन गरिएको छ ।
एक समारोहबीच शुक्रबार तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले रिबन काटेर ‘ल्वाङ भिलेज’ बोर्डको उद्घाटन गरेका हुन् । उक्त अवसरमा तमु धीं यूके र सहारा यूके सम्बद्ध पूर्व र वर्तमान विभिन्न पदाधिकारी,सदस्य, ल्वाङ गाउँवासीलगायतको उपस्थिति थियो । उद्घाटन समारोहमा पञ्चेबाजासमेत घन्काइएको थियो । उक्त बोर्ड सहारा यूकेको नेतृत्वमा संकलित रकमबाट सन् २०२४ मा निर्माण गरिएको हो । जसको समन्वय ल्वाङ गाउँ होम स्टे समितिले गरेको थियो ।
सहारा यूकेको नेतृत्वमा बोर्ड निर्माण गर्नका लागि ४ लाख ५२ हजारभन्दा बढी चन्दा संकलन गरिएको थियो ।
- सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ – ३० हजार रुपैयाँ
- तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ – २५ हजार रुपैयाँ
- तमुधीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ – २५ हजार रुपैयाँ
- तमुधीं यूकेका सल्लाहकार चन्द्र गुरुङ – २५ हजार रुपैयाँ
- ल्वाङ घर भई बेलायत निवासी सविन्द्र कुमार गुरुङ र तारा गुरुङ दम्पती – २५ हजार रुपैयाँ
- कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ २५ हजार – २५ हजार रुपैयाँ
- सहारा यूकेका पूर्वअध्यक्ष मिन साइँला गुरुङ – २० हजार रुपैयाँ
- सार्दि खोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ – २० हजार रुपैयाँ
- सहारा यूकेका सल्लाहकार कृष्ण गुरुङ – १८ हजार रुपैयाँ
- सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ – १५ हजार रुपैयाँ
- सहारा यूकेका उपाध्यक्ष शारदा गुरुङ – १५ हजार रुपैयाँ
- शिव कल्चर कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराई – १५ हजार रुपैयाँ
- सहारा यूकेका पूर्वमहासचिव मनोज गुरुङ – ११ हजार रुपैयाँ
- तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ – १० हजार ५ सय रुपैयाँ
- तानचोक पङ्गीलामा यूकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ – १० हजार १ सय
- डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष योगेश र मिना गुरुङ दम्पती – १० हजार ८७ रुपैयाँ
- सहारा यूकेका पूर्वअध्यक्ष लेरि कुसाङ गुरुङ – १० हजार रुपैयाँ
- एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ – १० हजार रुपैयाँ
- तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ – १० हजार रुपैयाँ
- एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ – १० हजार रुपैयाँ
- सपन इन्टरटेन्टमेन्ट लिमिटेडकी मन्जु गुरुङ राई – १० हजार रुपैयाँ
- सहारा यूकेका सहकोषाध्यक्ष जगन गुरुङ – १० हजार रुपैयाँ
- सहारा यूकेका कार्यसमिति सदस्य अजय थापा – १० हजार रुपैयाँ
- सहारा यूके सदस्य भोज गुरुङ – १० हजार रुपैयाँ
- सहारा यूकेका सदस्य दिल गुरुङ – १० हजार रुपैयाँ
- सहारा यूके सदस्य देव गुरुङ – १० हजार रुपैयाँ
- तमु धीं यूके आमा समूहकी पूर्वमहासचिव अशोक/यशोदा गुरुङ – १० हजार रुपैयाँ
- देउराली ट्राभलका गोलमान गुरुङ – १० हजार रुपैयाँ
- रोधी टीभीकी सञ्चालिका बालकाशी गुरुङ – १० हजार रुपैयाँ
- तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ – ९ हजार रुपैयाँ
- धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङ – ८ हजार ८५३ रुपैयाँ
- गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङ – ७ हजार रुपैयाँ
- सहारा यूकेका सदस्य कुमार गुरुङ – ६ हजार ६ सय रुपैयाँ
- तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ – ५ हजार १ सय रुपैयाँ
- एभरेस्ट टाइम्स यूके – ५ हजार रुपैयाँ
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वमा भ्रमण टोली बिहीबार ल्वाङ गाउँ पुगेको हो । टोलीलाई पञ्चेबाजा र फूलमालाले भव्य स्वागत गरिएको थियो । टोली शुक्रबार पोखरा फर्कने छ ।
बेलायतबाट आएको उक्त टोलीले नेपालको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि ऐतिहासिक र पर्यटकीय गाउँ घुम्ने र यहाँका विभिन्न संघ संस्थामा भेटघाट तथा अन्तरक्रिया गरिरहेको छ । टोली २१ फेब्रुअरीमा लन्डन फर्कने छ ।








