ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी र सानिमा बैंकबीच व्यापार ऋण सम्झौता

SHARE:


काठमाडौं १८ जनवरी २०२५ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी र सानिमा बैंक लिमिटेडबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्राप्त ऋण विशेषगरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका छन् । साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ । यो प्रयास फोसिल फ्युलमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसाग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित रहेको मंगलबार बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्द्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको समेत उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!