मगरात जोङ संस्था बिधिवत रुपमा उद्घाटन

SHARE:


मगरात जोङ संस्थाको समुउद्घाटन समारोह कार्यक्रम लखन थापामगर दिवसको अवसरमा आयोजन गरिएको छ । उक्त कार्यक्रम रम्भा ५, कोशल्हुङ भवनमा आयोजन गरिएको थियो।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य तथा मगर युवा संघका संस्थापक अध्यक्ष मोहन कुँवर थापा मगर, बिशिष्ट अतिथि नेपाल मगर संघ पाल्पा जिल्ला अध्यक्ष शान्ति झेडी मगर, अतिथिहरु प्रदेश स्वास्थ्य मन्त्रि माननीय खुम सारु मगर, नेपाल मगर संघ पाल्पा जिल्ला उपाध्यक्ष नारायण सिन्जाली मगर, बुद्ध सेवा समाज प्रदेश नं. ५ का उपाध्यक्ष नालन गाहा मगर आसिन हुनुहुन्थ्यो । त्यस पछि विशिष्ट अतिथीहरु द्धारा दिप प्रज्वलन तथा प्रथम शहिद लखन थापामगरलाई माल्यपर्ण गरि मगरात जोङ संस्थाको बिधिवत रुपमा उद्घाटन भएको हो ।

बक्ताहरु बोल्ने क्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य तथा मगर युवा संघका संस्थापक अध्यक्ष मोहन कुँवर थापा मगरले मगरात बहुल क्षेत्रमा भाषा, धर्म, संस्कार सँस्कृतिलाई एकिकृत गर्दै मगरहरु लाई समृद्धि तर्फ लैजानुपर्ने मा जोड थियो । उनले थपे मगर पछाडी पर्नुको मुख्य कारण पनि आफ्नो संस्कार, धर्म, सँस्कृतिलाई चिन्न नसक्नु आर्को कारण पनि छ । यसरी यस मगरात जोङ संस्थाले बिधिवत रुपमा दर्ता गरेर मगरको हकहितका निम्ति स्थापित भएको प्रति खुसि ब्यक्ति गरे । र यस संस्थाले कालान्तर सम्म जिवित रहरे मगरको उत्थानको निम्ति लागिरहोस भनि उहाँको शुभकामना रहयो ।

त्यस्तै अतिथि प्रदेश स्वास्थ्य मन्त्रि माननीय खुम सारु मगरले पनि मगर समुदायको जिवनयापनमा बिगत भन्दा उल्लेखिनय सुधार आईरहेको छ, अझै धेरै परिवर्तन हुने क्रममा छ, त्यो राम्रो थालनी हो । अबका दिनमा मगरलाई भाषा, धर्म, सँस्कृति संरक्षण र प्रर्बद्धन सँगै शिक्षामा पनि पहुँच पुर्याउँनका निम्ति मगर बस्तीमा शिक्षा सम्बन्धी चेतना फैलाउँदै अघि बढ्न संस्थालाई आग्रह गर्नुभयो ।

साथै औपचरिक संस्था उद्घाटनमा पदम लामिछान मगर द्धारा संस्थाको बिधान अनुरुप संस्थापक समितिलाई शपत ग्रहण कार्य सम्पन्न गराउँनुभयो ।

यस आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दिपक सिं काम्मु मगरको अध्यक्षतामा, स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुदिप काम्मु मगरको थियो भने थर्क बहादुर दर्लामी मगरले कार्यक्रम सञ्चालन गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!